राष्ट्र हितमा समर्पित

राप्रपा केन्द्रिय बैठकमा केन्द्रिय सम्पादन समिति समेत भंग गर्नुपर्ने माग उठेको छ

शुक्रवार, २१ पौष 8:01 AM

राप्रपाको केन्द्रिय समितिको बैठक जारी रहेको छ । बैठक पुष २१ सम्म चल्ने बताईएको छ ।
बैठकमा निर्बाचनको पराजयका कारण र आगामी कार्ययोजना सम्बन्धमा व्यापक रूपमा केन्द्रिय सदस्यहरु आआफ्ना धारणहरु प्रस्तुत गरिरहेको बताईन्छ ।
राप्रपाका युवा नेता प्रकाश रिमाल लगायत धेरै सहभागीले पार्टी सरकारमा सहभागिता भएकै कारण असफल भएको बताएका छ्न । युवा नेता रिमालले पार्टी रणनीति नै असफल भएको हुँदा कार्यसम्पादन समिति भंग गर्नु पर्ने,पदाधिकारीको भुमिका कमजोर रहेको र पार्टी एकल अध्यक्ष प्रणालीमा असफल देखिएको हुँदा सामुहिक नेतृत्वमा जानुपर्ने धारण राखेका थिए ।
साथै उनले पुर्व पन्चको पार्टी भन्ने मानसिकता बाट हटाउन पार्टीको नाम फेर्न समेत छ्लफल चलाउनु पर्ने कुरा उठाएका छ्न ।
बैठकमा पार्टीलाई नया ढंगले अगाडि बढाउनु पर्ने र फरक मतलाई समेत व्यवस्थापन गर्नु पर्ने समेत आवाज शसक्त रूपमा उठेको छ । त्यस्तै सहभागीले पार्टीलाई तल्लो तह सम्म पुनर्संरचना गर्नु पर्ने,काम नगर्ने कार्यकर्ता देखि नेता सम्मलाई पद मुक्त गरेर काम गर्ने नेता कार्यकर्ता जिम्मेवारी दिनु पर्ने समेत धारण राखेको बुझिन आएको छ ।