काठमाण्डाै । एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका क्रममा बैँकक जाँदै छन । आगामी पुस २६ गते बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जान लागेका हुन । चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै ओली बैकक जानुपर्ने थियो तर, चुनावको कारण जान सकेका थिएनन ।
ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको छ । केही दिन अघि सामान्य झाडा पखाला लागेका उनी त्यसपछि निवासमै आराम गरिरहेका छन । नयाँ सरकार बनिन केही समय लाग्ने भएपछि ओली उपचारको क्रममा निस्कन लागेका हुन । ओली बिहीवारको सर्वदलीय बैठकमा पनि उपस्थित हुन सकेनन ।