राष्ट्र हितमा समर्पित

डा.गोविन्द के.सी पक्राउ, जहाँ लगे पनि अनशन नै बस्ने चेतावनी

सोमवार, २४ पौष 8:48 PM

न्यायालयबिरुद्ध आन्दोलनरत डा. गोविन्द केसीलाई प्रहरीले सोमबार साँझ टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको छ। उनलाई  सिंहदरबार प्रहरीमा लगिएको छ।

सर्वोच्च अदालतको निर्देशनपछि डा. गोविन्द केसीलाई पक्रन एसपी रामदत्त जोशीसहितको टोली टिचिङ अस्पताल पुगेको थियो।
पक्राउ हुनुअघि उनले अदालतमा भ्रष्टाचारी न्यायाधीश भएको आरोप लगाउँदै आफू अदालत नजाने बताएका छन्।

सर्वोच्चले उनलाई पक्रेर मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन निर्देशन दिएपछि टिचिङ अस्पताल पुगेका सञ्चारकर्मीसँग उनले भने, ‘मलाई प्रहरीले समातेर लैजान्छ भने लगोस्, मलाई समातेर जहाँ लान्छ, त्यहीँ म अनशन जारी राख्छु।’
उनले थपे, ‘म नागरिकको हैसियतले भ्रष्टाचारबिरुद्ध लडेको हो र लड्छु पनि।’

सर्वोच्च अदालतमा सुशीला कार्की, कल्याण श्रेष्ठजस्ता न्यायाधीश भएको भए आफू अदालत जाने पनि डा. केसीले बताए