राष्ट्र हितमा समर्पित

डा. गोविन्द के.सी हिरासतमा पनि अनशन बस्ने

मङ्गलवार, २५ पौष 10:09 AM

काठमाडौं। सर्वोच्च अदालतले अवहेलना मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा महानगर प्रहरी परिसर टेकुले पक्राउ गरेको छ ।
डा केसीले न्यायमा किनबेच भएको भन्दै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गर्दै अनशन सुरु गरेपछि सर्वोच्चले पक्राउ पुर्जी जारी गरेको थियो
डा गोविन्द केसीले आफूलाई पक्राउ गरे पश्चात जहाँ लगे पनि अनशन बस्ने बताएका छन् । अदालतको आदेशपछि डा केसीले उनको  लडाइँ न्यायपालिका विरुद्ध नभई भ्रष्ट व्यक्ति विरुद्ध भएको जानकारी दिएको छ ।
तीन करोड नेपालीका लागि हिरासतमै अनसन बस्ने उनले जनाए । डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधीश शाहीको पनि आलोचना गरिएका थिए ।