राष्ट्र हितमा समर्पित

राप्रपाले पृथ्वी जयन्तीको उपलक्ष्यमा चियापान कार्यक्रम गर्दै

बुधवार, २६ पौष 6:59 PM

राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हरेक बर्ष झै यस बर्ष पनि राप्रपाले पुष २७ गते बिहीबार पुलिस क्लबमा अपरान्ह १ बजेदेखि ४ बजेसम्म चियापान कार्यक्रम गर्न लागेको हो ।
श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको योगदान र दिव्य उपदेशलाई आजका नेता तथा युवा पुस्ताले बिर्सदै गईरहेको अवस्थामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदा त्यसको सान्दर्भिकता बढने राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले बताए ।
साथै सह-प्रवक्ता श्रेष्ठले राप्रपाले विगत ९ बर्षदेखी पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग राखेको भएता पनि वर्तमान सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोमा सरकारप्रति कृतज्ञता समेत व्यक्त गरे ।