राष्ट्र हितमा समर्पित

पृथ्वीनारायण शाहले नेपाल र नेपालीलाई नाम र पहिचान दिए: उपप्रधानमन्त्री कमल थापा

बुधवार, २६ पौष 7:40 PM

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहले नेपालीलाई नाम र पहिचान दिएको बताए ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले नेपालीलाई नाम र पहिचान दिने राष्ट्रनिर्माताको सम्मान गर्दै पौष २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने बताएका छ्न ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारे । 
उनले चुनाव सम्पन्न हुने बित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको र अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिइएन, खासगरी चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो ।
त्यस्तै उनले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भई संघीय संसदले पूर्णता पाए पश्चात एक हप्ता भित्रै नयाँ सरकार गठन हुन्छ ।’
साथै उपप्रधानमन्त्री थापाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन सबैमा आव्हान समेत गरेका छ्न ।