राष्ट्र हितमा समर्पित

राप्रपाले राष्ट्रवादी र धार्मिक व्यक्तित्वहरुसँग छलफल गर्दै

बिहिवार, २७ पौष 7:41 AM

राप्रपा केन्द्रिय समितिद्वारा गठित निर्वाचन समीक्षा तथा अध्ययन समितिले राष्ट्रवादी र धार्मिक व्यक्तित्वहरुसग छ्लफल गर्ने भएको छ ।

राप्रपाको केन्द्रिय कार्यालयमा समितिको संयोजक डा. विष्णु भण्डारीको अध्यक्षतामा बसेको बैठकले राप्रपाको हारको कारण र आगामी दिनमा पार्टीलाई अघि बढाउन प्रतिवेदन तयार गरि केन्द्रिय परिषदमा पेश गर्नका लागी राष्ट्रवादी व्यक्तित्व, धार्मिक संगठन तथा व्यक्तित्व र राप्रपाको जिल्ला समितिसंग पनि राय सल्लाह सुझाव लिन छलफल गर्ने निर्णय भएको समितीका सदस्य तथा राप्रपाका केन्द्रिय सदस्य प्रकाश रिमालले बताए ।

गत पुष १९ गतेदेखि २१ गतेसम्म बसेको राप्रपा केन्द्रिय समिति बैठकले राप्रपाको चुनावमा भएको लज्जास्पद हारको समिक्षा गर्न तथा अध्ययन गर्न गठन गरेको थियो ।
समितिको बैठकमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाहीको उपस्थिति थियो ।