राष्ट्र हितमा समर्पित

लामो समयदेखिको नेपाली जनताको चाहना पुरा भयो:उपप्रधानमन्त्री कमल थापा

बिहिवार, २७ पौष 9:10 PM

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पृथ्वी जयन्ती सरकारले पनि मनाएकोमा खुसी व्यक्त गर्दै नेपाली जनताको लामो समय देखिको चाहना पुरा भएको बताउनु भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे पश्चात खुसी व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले राष्ट्रियवादीहरुको अभियानले समेत सार्थकता पाएको बताउनु भएको छ ।
२९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।
यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरु र राजवादीले पनि शाहको शालिकमा माल्यार्पण गरेका थिए ।