राष्ट्र हितमा समर्पित

राप्रपामा पदाधिकारी समेतको निर्वाचन गर्नु पर्छ: प्रकाश रिमाल

बिहिवार, २७ पौष 10:08 PM

मेगा टेलिभिजनको आजको विशेष कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य तथा युवा संगठनका अध्यक्ष प्रकाश रिमालले राप्रपामा पदाधिकारीहरुको पनि निर्वाचन गर्नु पर्ने बताए ।
हालै सम्पन्न निर्वाचनको हारको समिक्षा गर्दै पदाधिकारीहरु असफल भएको र निर्वाचन गरेर पदाधिकारी चयन गर्ने गर्दा कार्यकर्ताप्रति जिम्मेवार हुने बताए ।
राप्रपाले सम्पन्न निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवार नउठाएको, लोकतान्त्रिक गठबन्धनमा भएको सहमतिको पालन कांग्रेसले नगरेको, पार्टीको विभाजन, पार्टी सरकारमा जानुको औचित्य जनतालाई बुझाउन नसक्नु लगायतका कारणले हार व्यहोर्नु परेको बताए ।
नेता रिमालले राप्रपामा काम नै नगरि पुर्व पन्चहरुलाई पदमा राख्दा अन्य काम गर्नेले अवसर नपाउदा पार्टी असफल हुँदै गएको बताए ।
रिमालले पार्टी एकल नेतृत्वका कारण पनि असफल भएको हुँदा सामुहिक नेतृत्वमा जानु पर्ने धारण समेत राखे ।