राष्ट्र हितमा समर्पित

महिला फुटबलको उपाधी एपीएफलाई

शुक्रवार, २८ पौष 11:19 AM

ललितपुर । राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
सुपरलिगमा शतप्रतिशत जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।
एपीएफको जितमा उसकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् । पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।
एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो । उसले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपबिजेता बन्यो ।
उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।