राष्ट्र हितमा समर्पित

विहारका मुख्य मन्त्री माथी आक्रमण

आइतवार, ३० पौष 10:15 PM

विहारका मुख्य मन्त्री नितेश कुमार माथी विहारका जनताले ढुङ्गामुढाले आक्रमण गरेका छन । आक्रमणमा केहि सुरक्षा कर्मी घाइते भएका छ्न भने झन्डै २० वटा गाडीको सिसा फुटेको छ ।
नितेश कुमार एक कार्यक्रममा विकासको समिक्षा गर्न विहारको बक्सर भने ठाउँमा पुगेका थिए । विगत १० बर्षदेखी त्यस क्षेत्रको विकास भएको थिएन । विकास केहि नगर्ने र भाषण मात्र भनी आक्रोशित जनताले मुख्य मन्त्री नितेशलाई लक्षित गरि ढुङ्गा प्रहार गरेेका थिए ।

हेर्नुहोस भिडियो सहित