राष्ट्र हितमा समर्पित

दिपक मनाङेलाई ५ बर्ष कैद गर्ने फैसला

मङ्गलवार, २ माघ 8:13 PM

सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङेलाई ज्यान मार्ने ५ वर्ष कैद सजाय हुने भनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ ।
मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् । न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको हो।
हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ।
अदालतको फैसला तत्काल कार्यान्वयन हुने भएकाले मनाङे सांसद हुन पाउने छैनन्।’