राष्ट्र हितमा समर्पित

राप्रपामा पदाधिकारी निर्वाचन र कार्यकर्तामुखी संरचनाको आवश्यकता

शनिवार, १३ माघ 9:19 PM

 

 

प्रकाश रिमाल, युवा नेता राप्रपा

राप्रपा भन्ने बित्तिकै पुर्व पञ्चहरुको पार्टी भनेर जनमानसमा चिनिन्छ, बुझिन्छ । पञ्चायतको अवसान भएको २७।२८ वर्ष भईसक्यो । २७।२८ वर्षको युवाको लागि पञ्चायत ईतिहास भईसकेको छ । करिब ४० वर्ष उमेरको युवाले समेत पञ्चायतको कथा पढ्ेको मात्र हो । उसलाई पनि थाहा हुदैन, तसर्थ ४० प्रतिशत जनसंख्यालाई पञ्चायतसँग सरोकार छैन् तर पार्टीको नेतृत्वसम्म २७।२८ वर्ष भित्र निरन्तर योगदान नगरेपनि पञ्चायतको माननीय मन्त्री भएको आधारमा केन्द्रिय तह र पदाधिकारीसम्ममा बस्न पाईन्छ । योगदान नभए पनि पञ्चायतले बनाएको व्यक्तित्व नेतृत्वको आधारमा नेतृत्वमा रहने अवस्था पार्टी भित्र आज पनि विद्यमान छ । हुन त राप्रपा पञ्चायतको व्यक्तित्व र नेतृत्वले स्थापित गरेको पार्टी हो र यसले त्यहि व्यक्तित्वको कारण आफू अनुकुल एकिकरण र विभाजन पटक पटक व्यहोरेको पनि छ । तर अहिले ति व्यक्तित्व र नेतृत्व विस्तारै सक्रिय नेतृत्वबाट अलग हुँदै गएका छन् भने पञ्चायतले बनाएको व्यक्तित्वहरु निस्कृय बन्दै गएता पनि पार्टीमा भने त्यहि नेतृत्व र व्यक्तित्वको नेतृत्वमा पार्टी हस्तान्तरण हुँदै जाने प्रशस्त सम्भावना बन्दै गएको छ । राप्रपा भित्र नयाँ पुस्ता अहिले पार्टी स्थापना पछिका पार्टीको भाग्य र भविष्यसँग व्यक्तित्व निर्माण गर्नुपर्ने पुस्ता र हिजो नेतृत्व स्थापित गरेका संरचनालाई व्यापक सुधार गर्नुपर्ने अवस्था रहेको छ । राप्रपाको हालको संरचना अध्यक्षात्मक रहेको छ । सबै पदाधिकारीहरु अध्यक्षबाट मनोनित गरिने व्यवस्था छ । यो व्यवस्थाले पार्टीलाई बलियो बनाउछ, अध्यक्षलाई पार्टी संचालनमा सहज बनाउछ भन्ने मान्यताको आधारमा कायम गरिएको व्यवस्था हो । केहि हदसम्म विगतमा यो व्यवस्थाले सकारात्मक परिणाम नदिएको होइन तर वर्तमान समयमा गत निर्वाचनको परिणाम, संगठनको अवस्था हेर्दा यो व्यवस्था असफल सावित भएको छ । पदाधिकारीहरु अध्यक्षद्घारा मनोनित गर्ने प्राबधानले अध्यक्षको रबर स्ट्यम ल्याप्चे मात्र बन्ने अवस्था बिकसित भएको छ । हाल कार्यकर्ताहरुमा समेत पार्टी केन्द्रिय कार्यालय र अध्यक्ष वरिपरि घुमेकाले पद प्राप्त हुने मानसिकता विकास हुन थाल्यो । जिल्ला, क्षेत्र र कार्यकर्ता प्रति उत्तरदायी नभए पनि पदमा रहिरहन सक्ने परिस्थिति सृजना भयो । अध्यक्ष मात्र क्रियाशील हुने, अध्यक्षले मात्र सोच्ने, सबै कार्यकर्ताको मुल्याङ्कन एक जना व्यक्तिले गर्ने संरचनाले सबै कार्यकर्ता अध्यक्ष मुखी रहे, अन्य पदाधिकारीहरुको हैसियत, भूमिका र महत्व गौण हुन गयो । यसको प्रभावले समग्र देशभरिकै संगठनको व्यवस्था कमजोर हुन पुग्यो । तसर्थ अध्यक्षको मात्र महत्व र भूमिका प्रभावशाली हुने वर्तमान संरचनाले पदाधिकारीहरु प्रभावकारी हुन सकेनन, अबको संरचना अध्यक्ष मुखी नभई कार्यकर्ता मुखी बनाउन यस विषयमा गम्भिर रुपमा बहस छलफल गर्न जरुरी रहेको छ ।
पार्टीमा पदाधिकारी निर्वाचन संगठन निर्माण र विस्तारको महत्वपूर्ण कडि हो । पदाधिकारी निर्वाचनले उपाध्यक्ष, महामन्त्री सहायक महामन्त्री, कोषाध्यक्ष, प्रवक्ताहरु अध्यक्षद्धारा मनोनित प्राबधान हटाईए पदाधिकारी कार्यकर्ताको माझमा पुग्नु जरुरी हुन्छ । कार्यकर्ताको मन जित्न नसक्ने पदाधिकारी बन्न सक्दैनन । यो प्राबधानले अध्यक्ष रिझाउन भन्दा कार्यकर्ता रिझाउन नेताहरुको दौड धुप शुरु हुन्छ । जिल्ला क्षेत्रमा नेतृत्वको लागि समूह बन्दछन, समुहले प्रतिस्पर्धा जन्माउँछ, जुन समूहको प्रभाव बढी हुन्छ त्यहि समूहको क्षेत्र जिल्लादेखि नेतृत्व गर्दै पदाधिकारी र केन्द्रिय नेतृत्वसम्म प्राप्त गर्छ । यसले कुनै जिल्लामा कुनै नेतासँग असहमत राख्ने बित्तिकै त्यो कार्यकर्ता पार्टी छोड्नुपर्ने वा निश्कृय रहनुपर्ने अवस्थाबाट समेत मुक्त बनाउछ । किन कि त्यो जिल्लाको नेता ठिक नभए अर्को पदाधिकारी बन्ने नेताले त्यो जिल्लामा आफ्नो समूह बलियो बनाउने र असहमत कार्यकर्तालाई साथमा लिनुुपर्ने हुन्छ । यसले पार्टी भित्र विभिन्न समूह बन्छ, जुन समूहको प्रभाव जिल्ला अधिवेशन र केन्द्रिय महाधिवेशनमा निर्वाचनबाट टुंगो लाग्छ । अब पार्टीमा गुठ उपगुठ समूह बन्नु हुदैन भन्ने गलत मानसिकता हटाउनु पर्छ । प्रतिस्पर्धाले बगतयmबतष्अबििथ गुठ समूह बनाउछ । प्रतिशपर्धा बिनाको संगठन मजबुत हुदैन, पदाधिकारी निर्वाचनले नेताहरुले मुल्यांकन गरेनन् भन्न आक्षेपबाट पनि मुक्त भईन्छ । निर्वाचन हुने भएपछि कार्यकर्ताले मुल्यांकन गरेर मात्र नेतृत्वमा पुग्ने पदाधिकारी हुन पाईने हुँदा नेतृत्वको मुल्यांकन कार्यकर्ताले गर्नेछन् र कार्यकर्ताले मुल्यांकन गरेकोे व्यक्ति नेता बन्छ । तसर्थ अध्यक्षले आफ्नो वरिपरिकोलाई नेता बनायो भन्ने आरोपबाट मुक्त भईन्छ र मुल्यांकन नेतृत्वले होईन कार्यकर्ताले गर्ने परिपार्टीको विकास हुन्छ । अध्यक्ष वरिपरि घुम्ने परिपाटीको अन्त्य भई पदाधिकारी बन्न सबै नेता जिल्ला दौडाहमा निस्कन्छन र संगठन निर्माण दु्रत गतिमा अगाडि बढ्छ । कार्यकर्ताको महत्व बढ्दछ । पदाधिकारी हुनेहरु पनि निर्वाचनमा आउने हुँदा महत्वपूर्ण भूमिका र उत्तरदायित्व समेत बढ्न जान्छ । नेपालमा क्रियाशिल दल नेकपा एमालेको पदाधिकारी निर्वाचन हुन्छ, नेपाली कांग्रेसको समेत पदाधिकारीको केहि पद निर्वाचन हुन्छ भने राप्रपाले पनि पदाधिकारी निर्वाचन गरेर अगाडी बढ्नुपर्ने अवस्था रहेको छ । यस्तो व्यवस्थाले हिजो पञ्चायतमा काम गरेका अहिले भूमिका निर्वाह नगरेकाहरु पदाधिकारी बन्न सक्ने अवस्था रहँदैन । निर्वाचनमा हिजोको नामले होइन आजको योगदानको आधारमा पदाधिकारी बन्ने अवस्था आउँछ । नयाँ पुस्ता समेत पदाधिकारी बन्न सक्ने परिस्थिति सृजना हुन्छ । नेतृत्व प्रति आक्षेप लाग्दैन, केन्द्रिय कार्य सम्पादन समिति समेत केन्द्रिय सदस्यहरु मध्येबाट जम्मा केन्द्रिय सदस्यको १० देखि १५ प्रतिशत निर्वाचनबाटै जाने व्यवस्था गर्नुपर्छ । त्यसो गर्दा सबै तह प्रजातान्त्रिक हुन्छ । सबै नेतृत्वमा जानेहरु केन्द्रमुखि नभई जिल्ला मुखि हुनेछन् । कार्यकर्ताको माझबाट नेतृत्व लिनेछन् । आफूले छानि पठाएका नेतृत्व स्थापित हुनेछ । यो नै राप्रपको समस्या समाधानको पहिलो अचुक उपाय हुन सक्छ ।