राष्ट्र हितमा समर्पित

हिन्दु जागरण नेपालको सुनसरीमा अन्तरक्रिया र नवलपरासीमा समिति गठन

मङ्गलवार, १६ माघ 9:14 PM

आज माघ १३ गते हिन्दू जागरण नेपालले संगठन बिस्तार गर्ने क्रममा पुर्व र पश्चिम क्षेत्रमा सांगठानिक अन्तर्किया र समिति बिस्तार गरेको छ . हिन्दु जागरण नेपाल, जिल्ला समिति मोरंगको अगुवाई र श्री सर्वेश्वर शिव मन्दिर खनार-सुनसरीको आयोजकत्वमा मन्दिर समितिका अध्यक्ष श्री दुर्गाप्रसाद पोखरेलको अद्यक्षता एवं जिल्ला समिति मोरंगका अध्यक्ष श्री गणेश भट्टराईको प्रमुख आतिथ्यमा जिल्ला समिति सुनसरी गठनका बारेमा व्यापक छलफल भयो । करीव ९० जनाको उपस्थितिमा सम्पन्न उक्त औपचारिक कार्यक्रमले श्री छविनाथ सुवेदीको संयोजकत्वमा ४ जना सल्लाहकार सहित १६ जना सदस्य रहेको तदर्थ समिति गठन गरेको छ । उक्त समितिले चाडै जिल्ला समिति गठन गर्नेछ । हिन्दू जागरण नेपाल मोरंग समितिको तर्फबाट अध्यक्ष -गणेश भट्टराई, सचिव- कुशलकुमार निरौला, कोषाध्यक्ष-गोमा रिमाल, संगठन विस्तार उपसमिति प्रमुख अर्जुन खतिवड़ा, महिला संयोजक – तारा पौडेल, सदस्यहरु :- रमा प्रसाई, अम्विका खनाल, लगायतको उपस्थिति रहेको जानकारी हिन्दु जागरण नेपाल, जिल्ला समिति -मोरंगका सचिव कुशलकुमार निरौला ज्युले दिनुभएको छ । यसै गरि आज हिन्दु जागरण महाअभियानको नवलपरासी जिल्ला समिति गठन प्रकृयामा हिन्दु जागरण अभियान केन्द्रीय वरिष्ठ संयोजकहरु र विभिन्न मसहुर व्यक्तित्वहरुको साथै मिडिया कर्मीहरुको भेला पनि रहेर कार्यक्रम अत्यन्त हर्षोल्लासका साथमा समिती समेत चयन भएको छ . उक्त समयमा धेरै वक्ताहरुले त्यहा मन्तव्यमा हिन्दु जागरण गर्दै जानू पर्ने र ईसाईको विगविगी सहन गर्न पनि कठिन रहेको कुराहरु व्यक्त गर्नु भयो । यसै क्रममा चितवन बाट अतिथिको रुपमा आउनु भएका इन्द्र पाण्डे ज्युले हिन्दु संरक्षण गर्न नसके देश धर्मबाट विचलित हुँदै जनता परायाको गुलाम बन्ने र देश पनि पराईको हातमा जान सक्ने हुनाले चाँडैनै सजग हुन आह्वान गर्नु भएको थियो । मन्तव्यको क्रममा हिन्दू जागरण नेपालको उपाध्यक्ष उमा ढकालजीले हिन्दुहरु सहिष्णुवादी हुनाले अन्य पन्थको हेपाइमा परेको र सो बाट बच्न र बचाउनको लागि हामि नै सजग हुनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

यदि धर्म परिवर्तनकारी हाम्रा घर दैलोमा आएमा पहिले सत्कार गर्ने अनि मन्दिरको रातो टीका लगाउन माग राख्ने , यदि हाम्रो मन्दिरको टीका र प्रसाद अनादर गर्छ भनी त्यसलाई तुरुन्त त्यो घरबाट मात्र हैन गाउँ बाट पनि निकाला गर्नु पर्छ, तब मात्र हिन्दु धर्मको संरक्षण हुने कुरामा जोड दिनु भयो । यसरी नै हेम भण्डारी जीले पनि यदि हिन्दु धर्म माथि आँखा लगाएर फुटाउन खोज्छ भनी उस्को आँखा समेत निकाल्ने चेतावनी दिदै अब शास्त्रले मात्र हैन, परि आएको खण्डमा अस्त्र लिएर पनि आफ्नो धर्मको सुरक्षा गर्नेछौ भनेर माहोल तताउनु भयो । यसरी चितवन जिल्लाका सचिव श्रीकृष्ण भुषालजी बाट पनि यो देशमा नेताहरुले चरम नियम नाघेर देश र धर्मलाई नै अधमरा बनाएको हुनाले अब हामी आफैले आफ्नो धर्म र देशको सुरक्षा गर्नु पर्ने आह्वान गर्दै हिन्दु र धर्मको बिषयमा प्रकाश पार्नु भयो । अन्तमा सो कार्यक्रमका सभापति तथा हिजाने संगठन बिस्तार प्रमुख हरिशरण पाण्डेजी बाट पनि यो देश र धर्म जोगाउन यो हिन्दु जागरण अभियान सुरु भएको हो , अब हामी सबै गाउँ-गाउँ, टोल-टोलमा पनि गएर सबैलाई हिन्दुत्व जोगाउनु पर्ने अभियानमा लाग्नु पर्ने र जसले उक्त कुरामा रोकावट ल्याउछ र विपक्षले हेपाहा प्रवृत्ति देखाउंछ भने जस्तोसुकै कदम चाल्न पनि पछी नपर्ने धारणा व्यक्त गर्नु हुदै कार्यक्रमको समापनको घोषणा गर्नु भयो । उक्त कार्यक्रम सपना रिजालजीले सहज ढंगले सञ्चालन गर्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात ब्यापक छलफल गरि हिन्दू जागरण नवलपरासी जिल्ला समिति गठन भएको छ । अध्यक्षमा सपना रिजाल उपाध्यक्ष डम्बर राज सुबेदी महिला उपाध्यक्ष हिमकला भट्टराई सचिव शंकर पोख्रेल कोषाध्यक्ष भुपराज रेग्मी सदस्य हरुमा मुकुन्द प्रसाद अर्याल, कृष्ण प्रसाद अर्याल , ,धना खनाल , दुर्गा प्रसाद पौडेल उपाध्याय , राधिका शर्मा , मनीषा पराजुली ,लक्ष्मी सुबेदी , ,फणिन्द्र पराजुली , नन्दु गिरि चयन हुनु भयो भने सल्लाहकार समितिमा नन्दु प्रसाद अर्याल , भुपेन्द्र शर्मा भट्टराई , लेखनाथ बस्याल रहनु भएको छ .