राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपाली भाषा संकटमा यस्तै रहे अङ्ग्रेजी भाषाले विस्थापित गर्ने निश्चित

बुधवार, १७ माघ २०७४ १९:३७

नेपालमा माओवादी द्वन्द कालमा सरकारी विद्यालयहरुमा सामन्ती शिक्षाको नाममा संस्कृत पठ्नपाठनलाई माओवादीले रोक लगाए । सगै निजि बिद्यालयहरुले परम्परागत शैक्षिक प्रणालीलाई विस्थापित गर्ने नाउमा संस्कृत शिक्षाको विकल्पको रूपमा अङ्ग्रेजी शैक्षिक प्रणाली ल्याउन सफल भए । नेपालको पाठ्यसामग्री निर्माण तथा पाठ्यक्रम विकास केन्द्रमा सबै धेरै आर्थिक सहयोग भारत र बेलायतको रहेको छ । भारत बेलायतको उपनिवेश रहेको बेलादेखि नै अङ्ग्रेजी भाषाले भारतमा स्थापित हुने वातावरण पायो । फल स्वरुप सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात भारतको सरकारी कामकाजको भाषा अङ्ग्रेजीलाई समेत बनाईयो । हाल भारतमा हिन्दी भन्दा धेरै अङ्ग्रेजी बोलिन्छ तर भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीले विदेशमा समेत हिन्दी भाषाको नै प्रयोग गर्दछन । भारतीय नेताहरुले समेत अहिले आफ्नो राष्ट्रिय भाषाको महत्त्व बुझदै आएका छन् । चीनले अङ्ग्रेजी भाषालाई अझै अन्तर्राष्ट्रिय भाषाको रूपमा स्वीकारेको छैन । चीनको विश्वविद्यालयहरुमा विदेशी विधार्थी समेतलाई चिनियाँ भाषा सिकाईन्छ । विश्वमा अङ्ग्रेजी भाषा एउटा माध्यम रूपमा मात्र विस्तार भएको छ तर नेपाल जस्ता तेस्रो मुलुकमा भने अङ्ग्रेजीलाई ज्ञानको रूपमा स्वीकारिदै छ । बैज्ञानिकहरुले बोल्ने कम्प्युटर बनाउनको लागी कुन भाषा उपयुक्त छ भनी सोध गरेछन् । अङ्ग्रेजी भाषा लगायत विश्वका धेरै भाषाहरु प्रयोग गरि हेर्दा संस्कृतलाई उपयुक्त र सबैभन्दा बैज्ञानिक भाषा भएको ठहर गरेछन् । विश्वका धेरै देशका विश्वविद्यालयमा संस्कृत पढाईन्छ तर संस्कृत भाषाको उद्गम मानिएको नेपालमा भने संस्कृत भाषा सामन्ती शिक्षा मानिन्छ । माक्र्सवादको उदय भएको मुलुकको १ दर्जन भन्दा धेरै विश्वविद्यालयमा अहिले संस्कृत पढाईन्छ । हाम्रो मौलिक र सनातन भाषालाई त विस्थापित नै गरिसकेको अवस्था छ । अहिले राष्ट्रिय भाषामाथी समेत चौतर्फी प्रहार भईरहेको छ ।
छ ।
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षरको सट्टा अंग्रेजी अक्षर राख्ने निर्णय गरेको छ । नेपालको संविधानले समेत अङ्ग्रेजीलाई सरकारी कामकाजीको भाषा मानेको छैन । सरकारी कामकाजको भाषा समेत नभएको अङ्ग्रेजीलाई विदेशीको प्रभावमा नेपालको सवारीको नम्बर प्लेटमा राख्ने निर्णय अत्यन्त अपरिपक्व र गलत छ । पाठ्यक्रममा अङ्ग्रेजी भाषाको आवश्यकता भन्दा धेरै प्रयोग, अङ्ग्रेजी भाषालाई ज्ञानको रूपमा बुझिनु, नेपाल भाषाको संरक्षण र विकासमा ध्यान नदिनु र सरकारले नेपाल भाषालाई नितिगत रूपमा विस्थापित गर्ने निर्णय गर्नुले नेपाल भाषा संकटमा पर्दैछ । अबका पुस्ताले समेत नेपाली भाषा समेतलाई महत्त्व नदिनुले नेपाललाई एक दिन अङ्ग्रेजी भाषाले विस्थापित गर्ने निश्चित छ । तसर्थ भाषा जस्तो बिषयमा गम्भीरता पुर्वक निर्णय नलिए नेपाली भाषालाई अङ्ग्रेजी भाषाले विस्थापित गर्ने छ ।

थप जानकारी