राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

चीनको प्रभाव घटाउन भन्दै भारतको परराष्ट्रमन्त्री नेपाल भ्रमण गर्दै

बिहिवार, १८ माघ २०७४ ९:१६

भारतका परराष्ट्र मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउन लागेकी छिन् । नेपालमा चीनको प्रभाव बढेकोमा उक्त प्रभावलाई घटाउन नेपाल आउन लागेको जानकारहरुले बताएको छन ।
गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन विजयी भएपश्चात चीनको प्रभाव नेपालमा बढेकोमा चिन्ता व्यक्त गर्दैआएको भारतले विगतमा झै आफ्नो दबाब र प्रभाव कायम राख्न हर सम्भव प्रयास गरिरहेको परराष्ट्र विज्ञहरु बताउछन् । नेपाल भ्रमणमा रहदा स्वराजले ठुला दलका नेतृत्वलाई भेट्ने बताईएको छ ।
नेपालमा नयाँ सरकार गठनको पूर्वसन्ध्यामा छिमेकी राष्ट्रको परराष्ट्र मन्त्री नै भ्रमणमा आउनु अत्यन्त लाजमर्दो कार्य हो
भारत समग्र नेपालमा सूक्ष्म व्यवस्थापनको प्रयासको लागी प्रयन्तरत रहेको देखिन्छ ।
भारतको परराष्ट्र मन्त्री स्वराजको यस किसिमको भ्रमणले नेपालको सरकार निर्माण प्रक्रियालाई समेत प्रभाव पार्ने बताईन्छ ।
भारतले नेपालको आन्तरिक मामिलामा हस्त्क्षेप गर्ने, पटक पटक नाकाबन्दी लगाउने, सिमा अतिक्रमण गर्ने लगायत अमानवीय कार्य गरि दुख दिदैआएको छ । भारतको व्यवहारप्रति नेपाली जनताले रोस प्रकट गरेता पनि राजनीति दलका नेतृत्वले भने हालसम्म पनि विरोध गर्न सकेको देखिदैन । माओवादी द्वन्द्वकालमा सुरुङ्ग युद्ध गर्छौं भनेहरु समेत लम्पसार परेको देख्न सकिन्छ ।
भारतले बेलायतको उपनिवेशबाट स्वतन्त्र भएदेखि नै विभिन्न तरिकाले नेपाललाई आफुमा विलय समेत गर्न खोजेको थियो । दक्षिण एसियामा भारतले नेपाललाई मात्र नभई सबै छिमेकीहरुलाई दुख दिदैआएको छ । सिक्किमलाई विलय गराएको भारतले भुटानको परराष्ट्र र रक्षा हेर्दैआएको छ । भारतको पाकिस्तान र बाङ्लादेशसंग सिमा विवाद रहेको छ भने श्रीलंका र माल्दिपसलाई विभिन्न बहानमा दुख दिदैआएको छ । श्रीलंकामा विगतमा भएको तमिल विद्रोहको कारण भारत नै भएको बताईन्छ । त्यसै गरि नेपालमा भएको ठुला ठुल हत्या काण्डमा समेत भारतको संलग्नता भएको जानकारहरु बताउदछ्न । यसरी भारत नेपाललाई सधैं अस्थिर बनाई राख्ने र आफ्नो स्वार्थ पुरा गर्ने गरेको छ । तसर्थ भारतीय विदेशी मन्त्रीको यस किसिमको भ्रमणलाई गम्भीर पुर्वक लिन जरुरी छ । संघीयता कार्यान्वयन सगै नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डता समेत खतरामा रहेको छ । प्रदेश स्तरमा समेत परराष्ट्र मामिला हर्न परराष्ट्र विभाग राख्ने नेपाल सरकारको प्रयासले त झन घातक परिणाम ल्याउन सक्द्छ । नेपालमा हाल भएको राजनीतिक ध्रुवीकरणले भारतलाई हस्तक्षेप गर्न झनै सजिलो बनाईदिएको छ । संक्रमणकालबाट स्थिर राजनीतिक अवस्थामा जानै लागेको देशमा फेरी कालो बादल मडारिएको छ । तसर्थ भारतीय परराष्ट्र मन्त्रीको यस किसिमको षड्यन्त्रकारी भ्रमणलाई विफल पर्न जरुरी छ ।

थप जानकारी