राष्ट्र हितमा समर्पित

हिन्दु जागरणको संगठन विस्तारमा तीव्रता, चितवनमा बन्यो सशक्त जिल्ला समिति

बिहिवार, १८ माघ 7:16 PM

हिन्दुत्व संरक्षण तथा धर्मपरिवर्तन बिरुद्धको महाअभियानलाई सशक्तिकरण गराउने क्रममा हिन्दु जागरण नेपालले संगठन बिस्तार तथा सुदृढिकरण अभियानलाई तिव्रता दिएको छ ।

हिन्दु जागरणले देशव्यापी चलाएको अभियानमा जिल्ला स्तरीय समितिहरु गठन हुने कार्य तिव्र रूपमा अघि बढी रहेको छ । यसै क्रममा चितवन जिल्लामा सशक्त समिति समेत गठन भएको छ । चितवन जिल्लामा समितिका संयोजक हरिशरण पाण्डेको सभापतित्वमा प्रारम्भ भएको कार्यक्रमको प्रमुख अतिथिमा हिन्दू जागरण नेपालका महाअभियन्ता पं. श्री रामकृष्ण उपाध्यायको उपस्थिति रहेको थियो ।
सम्बोधनको क्रममा यहा केवल धर्म परिवर्तन गरेर इसाई बनाउन खोजेको हैन अपितु इसाई बनाएर निश्चित भोटर तयार गरि नेपालको सार्वभौम सत्तालाई आफ्नु अधीन बनाउने धार्मिक साम्राज्यबाद लाद्ने षडयन्त्र नै इसाइकरण प्रक्रिया हो ।
यसलाई हालको संबिधानमा लेखिएको धर्मनिरपेक्षताले मलजल गरेको छ । त्यसैले हिन्दु जागरण नेपालले धर्म परिवर्तन मुक्त नेपाल , जातीय छुवाछुत मुक्त नेपाल र सनातन हिन्दू राष्ट्र नेपालको लक्ष्य लिई गतिबिधि संचालन गर्दै आएको छ ।
हिन्दु जागरण नेपाल केन्द्रीय समिति बाट पुष्पराज बोलखे , यमी ढकाल र माधव उपाध्यायको पनि समुपस्थिति रहेको थियो । सो कार्यक्रमको संयोजन र ब्यबस्थापन निरज काफ्ले ज्युले गर्नु भएको थियो भने सो कार्यक्रमलाइ कृष्ण भुसाल ज्युले गर्नु भएको थियो ।
ग्लोबल होटल चौबिस कोठी, भरतपुर चितवनमा आयोजना भएको सो कार्यक्रममा सबै क्षेत्रलाई समेटेर ५१ सदस्यीय कार्यसमिति चयन भएको छ भने सल्लाहकार समितिको मोहन लामा , बसन्त देवकोटा, रमाकान्त न्यौपाने, सिन्धु पन्त , ओम बाबा , गुणराज पाठक तथा प्रेस सल्लाहकारमा ध्रुव राज मिश्र चयन हुनु भएको छ र माघ १८ गते प्रशिक्षणको कार्यक्रम पनि राखिएको जानकारी प्राप्त भएको छ ।