राष्ट्र हितमा समर्पित

भारतीय विदेश मन्त्रीलाई स्वागत गर्न पुगे अर्थ राज्य मन्त्री विमानस्थल

बिहिवार, १८ माघ 8:47 PM

काठमाडौं – भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न अर्थ राज्यमन्त्री उदयसम्शेर राणा विमानस्थल पुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजलाई नेपाल सरकारका तर्फबाट अर्थराज्यमन्त्री राणाले स्वागत गरेका हुन्। राणाका साथमा भारतीय राजदूत मञ्जिभसिंह पुरी, परराष्ट्र मन्त्रालयका अधिकारी, भारतीय दूतावासका कर्मचारी समेत विमानस्थल पुगेका थिए ।
कुटनीतिक प्रचलनअनुसार विदेशमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गर्ने प्रचलन रहिआएको छ। तर, भारतले भने नेपालका प्रधानमन्त्रीलाई समेत राज्यमन्त्रीबाट स्वागत गरेको ईतिहास छ ।
दुई दिने नेपाल भ्रमणमा रहेकी स्वराजले ठुलो दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ । अप्रत्याशित भ्रमणलाई रहस्यमय रूपमा लिईएको छ ।