राष्ट्र हितमा समर्पित

३ नम्बर प्रदेशसभाको बैठकमा हिन्दु धर्म र राजाको आवाज उठेको छ

बिहिवार, १८ माघ 9:58 PM

१८ माघ, हेटौंडा । प्रदेश ३ का दुई महिला सांसदले प्रदेशसभाको पहिलो बैठकमै राजतन्त्र र हिन्दूराज्य व्युँताउनेदेखि संघीयताको भविश्यमाथि प्रश्न उठाए ।

पहिलो बैठकलाई सम्बोधन गर्न रोष्टममा पुगेकी राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले संघीयता २ वर्ष पनि नटिक्ने आशंका भइरहेको बताइन् । ‘संघीयता बढीमा २ वा ३ वर्षभन्दा बढी कार्यान्वयन हुन्न धेरैभन्दा धेरैको कुरा छ, यो धान्न सक्दैन भन्ने पनि जनमानसको कुरा छ’ उनले भनिन् ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई अखण्ड राख्नुपर्ने बताइन् ।

राप्रपाकी सांसद रिता माझीले पनि पहिलो बैठकमै राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको कुरा उठाइन् । माझीले आफ्नो पार्टीको नीति राजतन्त्र र हिन्दू राज्य रहेकाले यो आवाज उठाउने बताइन् ।