राष्ट्र हितमा समर्पित

भारतीय विदेश मन्त्रीको सम्मानमा आयोजित भोज उपप्रधानमन्त्री कमल थापाले बहिष्कार गरे

शुक्रवार, १९ माघ 2:41 PM

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा दिइएको दिवाभोज उपप्रधान तथा उर्जामन्त्री कमल थापाले बहिस्कार गरेका छन्।
थापाले विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक दृष्टिले अस्वभाविक रहेको बताउँदै दिव भोज बहिस्कार गरेका हुन्।
प्रधानमन्त्रीले बालुवाटारमा दिइएको दिवाभोजमा उपप्रधानमन्त्री थापालाई निमन्त्रणा गरिएको थियो तर उनले भोजलाई बहिष्कार गरि चितवन लागेका छन् ।
विदेश मन्त्री स्वराजको भ्रमण अनौपचारिक भएपनि सरकार र शीर्ष नेताहरुले जसरी त्यसलाई महत्व दिए त्यसप्रति थापाले असन्तुष्टि देखाएका हुन् ।