राष्ट्र हितमा समर्पित

मुलुकमा वैदेशिक हस्तक्षेप बढ्यो: उपप्रधानमन्त्री कमल थापा

शनिवार, २० माघ 5:24 PM

हेटौंडा । उपप्रधानमन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण समय सान्दर्भिक नभएको बताएका छ्न । हेटौंडामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले निमन्त्रणा बिना आएको पाहुनालाई सरकारले आवश्यकता भन्दा बढी स्वागत सतकार गरेको बताए ।
उनले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरेका छ्न ।
थापाले स्वराजको भ्रमणबाट मुलुक कतै उपनिवेश भएको हो कि भन्ने भान परेको बताए । उपप्रधानमन्त्री थापाले भारतीय विदेश मन्त्री स्वराजको स्वागतमा आयोजित दिवा भोजको समेत बहिष्कार गरेका थिए ।
नयाँ सरकार गठनको पुर्व सन्ध्यामा यसरी बिना निमन्त्रणा भारतीय विदेश मन्त्री आउनुलाई धेरै राजनीतिक विश्लेषकहरुले समेत अस्वभाविक मानेका छन् । तर नेपालका पुर्व प्रधानमन्त्री के.पी ओलीसम्मले सरकारलाई जानकारी समेत नगराई भारतीय विदेश मन्त्रीलाई भेटघाट गरेका छन् । यस भेटघाटलाई समेत कुटनैतिक मर्यादा भन्दा बाहिरको भन्दै आलोचना समेत भएको छ ।