राष्ट्र हितमा समर्पित

देश विखण्डनको संकटमा: प्रदेशसभा सदस्य शोशिला शाही

आइतवार, २१ माघ 8:51 PM

माघ २१, सुर्खेत । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठकमा राप्रपाको तर्फबाट प्रदेशसभा सदस्य हुनु भएकी शोशीला शाहीले देश विखण्डनको संकटमा रहेको बताउनु भयो । प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै शाहिले  पृृथ्वीनारायण शाहको अथक प्रयासले बनेेको देश विखण्डनको संकटमा रहेको बताउनु भएको हो । उहाँले जनताको भावना विपरीत राजसंस्था र हिन्दु राष्ट्र हटाईएको धारण राख्नु भयो । साथै उहाँले बैठकमा देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता ईतिहासकै सबैभन्दा कमजोर अवस्थामा रहेको बताउनु भएको छ । ६ नम्बर प्रदेश साधन र स्रोतमा धनी भएको हुँदा देशकै समुन्नत प्रदेशको रूपमामा पहिचान गराउन जिम्मेवारी आएकोमा कर्तव्यनिष्ठ र ईमान्दारी पुर्वक जिम्मेवारी पुरा गर्ने समेत बताउनु भएको छ ।