राष्ट्र हितमा समर्पित

मुलपानीको निर्माणाधीन क्रीकेट मैदान नजिक शव फेला

बुधवार, २४ माघ 9:11 AM

बुधबार २४ माघ काठमाडौ, काठमाडौ कागेश्वरी मनोहरा न पा वडा नं ६ स्थित निर्माणाधीन क्रीकेट मैदानको उत्तर तर्फ ग्राण्ड नोर्लिङ रिसोर्टको मुलगेटबाट केही मिटर दुरीमा तारबारसंगै एक पुरुषको शव फेला परेको छ। शव पुर्ण रुपमा नाङ्गो तथा रगत लतपतिएको अवस्थामा रहेको छ। बिहान बिधालय हिडेका बालबालिकाहरुले रगताम्मे शव देखि आत्तिदै स्थानीयलाई खवर गरेका थिए। घटना बारे जानकारी पाएको केही मिनेटमा नै आइपुगेको प्रहरी टोलीले घटनास्थललाई घेरा हाली अनुसन्धान अगाडि बढाएको छ। शवको प्रकृति हेर्दा उमेर अन्दाजी ३०/३५ बर्षको जस्तो देखिने गोरो बर्णको हृष्टपुष्ट जिउडाल भएको देखिन्छ। घटनास्थलको प्रकृति हेर्दा शव पुर्ण रुपमा नाङ्गो, रगतले लतपतिएको अवस्थामा एक खुट्टामा मात्र जुत्ता हुनु साथै घटनास्थलको केही मिटर पर सम्म ठाउँ ठाउँमा रगत लतपतिएको फेला पर्नु, शव नजिकै घस्रेको जस्तो देखिनुले मृतकलाइ लखेदै कुटपिट गरि हत्या गरेको जस्तो देखिएको घटनास्थलमा खटिएका प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।