राष्ट्र हितमा समर्पित

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको पदवीद्वारा सम्मान

शनिवार, २७ माघ 1:14 PM

सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो।नेपाली सेनाको जङ्गी अड्डाको सिफारिसमा शुक्रबारको मन्त्री परिषद्ले यस्तो निर्णय गरेको हो। ‘जंगी अड्डाले एक हप्ताअघि राष्ट्रकविलाई मानार्थ सहायक रथीको दज्र्यानी सहितको सम्मान दिने गरी सिफारिस पठाएका थियौं’ प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भने,‘सरकारले निर्णय गर्‍यो, यसप्रति जङ्गी अड्डा आभारी छ।’प्रधानसेनापति क्षेत्रीका अनुसार सेना दिवसका अवसरमा राष्ट्रकवि घिमिरेलाई सहायकरथीको दज्र्यानी प्रदान गरिनेछ। ‘सय वर्ष पुग्न लाग्नु भएका राष्ट्रकविले रच्नु भएका राष्ट्रवादी गीतहरु नेपाली सेनाका लागि उत्प्रेरणा जगाउने खालका छन्’ क्षेत्रीले भने, ‘राष्ट्रकवि जीवित छँदै दिइएको सम्मानको महत्व हुने ठानेर यस्तो सिफारिस गरेका हौं।सरकारले राष्ट्रलाई विशिष्ठ योगदान दिने गैरसैनिक व्यक्तिलाई सेनाको मानार्थ पदवी दिने निर्णय गर्न सक्छ। गैरसैनिक व्यक्ति भएपनि यस्तो उपाधि यसअघि प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, भूपालमानसिंह कार्की र विश्वबन्धु थापाले पाएका थिए।