राष्ट्र हितमा समर्पित

रत्नपार्क छेउको भक्तपुर बसपार्कमा लुटपाट

आइतवार, २८ माघ 9:39 AM

काठमाडौं– राजधानीको केन्द्र रत्नपार्क छेउको बसपार्कमा लुटपाट भएको छ।

भक्तपुर बसपार्क नजिकबाट सिन्धुपाल्चोक भैसे सिमपानी बस्ने २७ वर्षीया पबित्रा लामाको साढे १ तोलाको सुनको सिक्री र नगद ५० हजार रुपैयाँ शुक्रबार अपरिचित २ जनाले लुटी फरार भएका छन्।
गलामा लगाएको सिक्रि र झोलामा रहेको पैसा लुटिएको हो। लुटेराहरु मोटरसाइकलमा भागेका थिए। राजधानीको केन्द्रमा यसरी लुटेर भाग्दा पनि अभियुक्तहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
उक्त भक्तपुरमा चोरी भएको छ।

चाँगुनारायण नगरपालिका–२ सरस्वतीखेल बस्ने ३८ वर्षीय बिक्रम राउतको घरमा शुक्रबार कोही नभएको अबस्थामा मुल ढोकाको ताल्चा फुटाई सुनका गरगहना, मोवाईल १ थान र नगद १५ हजार गरी करीव १ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।