राष्ट्र हितमा समर्पित

नेपालले चीनसित दुई जहाज खरिद

बुधवार, २ फाल्गुण 10:15 PM

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चिनियाँ कम्पनीका दुई जहाजलाई हिजो मंगलबार भित्र्याएको छ। चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल खबर अनलाइनले लेखेको छ।
चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको २ वटा पीएस–१२ ई विमान मंगलबार दिउँसो १०:४५ मा काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ मध्ये २ जहाज थपेको हो। तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए। ६ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन्। बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो।

हार्विन ग्रुपका यी विमानहरूले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका छन्। यी विमान चीनमा उत्पादन भएर विदेशतर्फ सबैभन्दा बढी परिमाणमा निर्यात हुने विमानमा पर्छन्।

मंगलबार काठमाडौँ अवतरण गरेका विमानको नेपाली दर्ता नम्बर ९एन–एकयू र ९एन–एकभी रहेको छ। नेपालको दुर्गम क्षेत्रमा उडान गर्नका लागि विमान उपयुक्त रहेको निगमका प्रवक्ता श्रेष्ठले बताउनुभयो।

हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो। दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन्। नेपाल एयरलाइन्ससँग आन्तिरिक उडान गर्ने दुई जान मात्र पाइलट भएकाले गर्दा यी चारवटै विमान एकै दिनमा उडान गर्न भने सकिने छैन।

जहाज थपिएपछि एयरलान्सले नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेको छ। चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताउनुभयो।
निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान गर्दै आएको छ। ‘नयाँ जहाजले नयाँ रूटमा उडान गर्छौँ। आन्तरिकतर्फ पनि गन्तव्य थप्न यी जहाज सहयोगी हुनेछन्’, उहाँले भन्नुभयो।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले बोइङ नाइन एसिबी– ५७५ तथा एयरवस ए–३२० विमानबाट ८ गन्तव्यमा उडान गर्दै आएको छ। थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्रयाउँदैछ। त्यसपछि अन्य गन्तव्यमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी छ।