राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

संयुक्त राष्ट्रसंघको UNAMID FPU १५ औं प्रहरी टोलीको बिदाई

बुधवार, ९ फागुन २०७४ १२:१६

काठमाडौँ, ८ फागुन, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर स्थित FPU UNAMID मिसन १५औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।बिदाई समारोहमा प्रहरी महानिरीक्षक अर्यालले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक टेकप्रसाद राईलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघको तर्फबाट शान्तिदुतका रुपमा खटिने भएपनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र संगठनको समेत प्रतिनिधित्व गरेर जाने भएकाले आपसी सदभाव, सभ्य र सुसंस्कृत व्यवहारसहित स्थानिय रितिरिवाज, परम्परा र मौलिकताको उच्च कदर गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

साथै द्वन्दग्रस्त मुलुकमा शान्ति सुव्यवस्था कायम राख्ने कार्य चुनैतिपूर्ण हुने भएकाले आफू खटिने स्थानमा आउन सक्ने सुरक्षा चुनौति अध्ययन गरी सचेत र सुरक्षित रहनुपर्ने चर्चा गर्दै महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारी पुर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।

समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम खड्काले त्यसतर्फ खटि जाने टोलीमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ५, प्रहरी निरीक्षक ६, प्रहरी नायव निरीक्षक २३, प्रहरी सहायक निरीक्षक ३०, प्रहरी हवल्दार ५०, प्रहरी जवान २० र प्रहरी कार्यालय सहयोगी ५ जना गरी जम्मा १ सय ४० जना रहेको जानकारी दिनुभयो ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी प्रधान कार्यालय तथा उपत्यका स्थित प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

थप जानकारी