राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

दोस्रो फेका जुनियर फुटबलको उपाधी हाईली क्रियटिभ स्कुललाई

बिहिवार, १० फागुन २०७४ २१:३३

काठमाडौं १० फागुन । दोस्रो फेका स्तरिय जुनियर फुटबलको फाईनल खेलमा हाईली क्रियटिभ स्कुलले करियर विल्डिङ स्कूललाई ३–० ले पराजित गर्दै उपाधी हासिल गरेको छ । फेयर एजुकेशनल कम्पिटिटर्स एसोसिएसन (फेका) को आयोजनामा अक्षरिका स्कुलमा संचालित दोस्रो फेका स्तरीय जुनियर फुटबल अन्तर्गतको आज भएको फाईनल खेलमा हाईली क्रियटिभ स्कुलले करि विल्डिङलाई हराउदै यस संस्करणको उपाधी जित्न सफल भएको हो । फाईनल खेल एन्फाका पूर्व उपाध्यक्ष तथा अण्ध्यक्षका प्रत्यासि श्री कर्मा छिरिङ शेर्पाको विशिष्ट आतिथ्यमा खेलाडीलाई फुटबल प्रदान गरि शुभारम्भ भएको थियो । अक्षरिका स्कूलमा विजयी टिमलाई विशेष समापन कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथ्य कागेश्वरी मनोहरा न.पाका मेयर श्री कृष्णहरि थापाले गरेका थिए भने कार्यक्रमको सभापतित्व फेकाका अध्यक्ष नवराज भट्टले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी,सभापति लगायतका अतिथीहरुले विजेता हाईली क्रियटिभ स्कुल, उपविजेता करियर विल्डिङ स्कूल, तृतीय स्थान जित्न सफल श्रमशील विद्यापिठ नेपाल तथा सान्त्वना पुरस्कार जित्न सफल शिक्षालय नेपालका खेलाडीहरूलाई कप तथा मेडल प्रदान गरेका थियो । त्यस्तै कार्यक्रममा प्रतियोगिता भर विभिन्न विधामा उत्कृष्ट खेलाडी मध्ये हाईली क्रियटिभका बेस्ट डिफेन्डर देव चन्द्र पाठक, शिक्षालयका बेस्ट गोलरक्षक बिपिन ढुुुंगाना,बेस्ट स्टाईगर सन्देह चापागाई लगायतलाई उत्ककृष्ट खेलाडी घोषित गरिएको थियो ।

थप जानकारी