राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

एशियाली खेलकूदमा कोरिया शीर्ष स्थानमा,९ देशले जिते पदक

आइतवार, ३ भाद्र २०७५ १६:५१

काठमाडौं–एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत दोस्रो दिन कूल ५ पदक जित्दै दक्षिण कोरिया शीर्ष स्थानमा रहेको छ ।  कोरियाले २ स्वर्ण, २ रजत र १ कास्य गरी कूल ५ पदक जितेको हो ।

यस्तै दोस्रो स्थानमा रहेको चीनले २ स्वर्ण र २ रजत गरी कूल चार पदक जितेको छ ।

यसैगरी आयोजक इन्डोनेशियाले एक स्वार्ण र एक रजत पदक जितेको छ ।  अहिलेसम्म  चाइनिज ताइपेई, थाइल्याण्ड, इरान, फिलिपिन्स, भेतनाम र मलेशियाले पदक जितेका छन् ।

प्रतियोगितामा  ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खेलको शनिबार साँझ जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका  थिए ।

थप जानकारी