राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

१२ बुँदे समझदारी हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न प्रयोग गरिएको योजना हो: कमल थापा

बुधवार, १० आश्विन २०७५ १३:०२

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १२ बुँदे समझदारी हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न प्रयोग गरिएको योजना भएको बताएका छन् ।

अध्यक्ष थापाले २०५२ दलबाट शुरु भएको माओवादी सशस्त्र द्वन्द र ८ दलबीच २०६२ मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौतालाई लक्षित गर्दै दुवै घटना नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न प्रयोग गरिएको योजना भएको बताएका हुन् ।

समाजिक संजाल टुइटरमा लेख्दै अध्यक्ष थापाले आफुले नेपाली नेताहरुको नियतमा शंका नगरेता पनि जनयुद्ध र १२ बुँदे समझदारीलाई बिदेशीहरुले हिन्दुराष्ट्र र राजसंस्था समाप्त गर्न र नेपाललाई अस्थिरतामा फसाउने योजनाको रूपमा प्रयोग गरेकोमा कुनै द्विविधा नरहेको बताएका छन् ।

 

थापाले दलको सत्ता स्वार्थ पुरा हुने भएपछि बिदेशी षडयन्त्रमा फस्दै गएका समेत बताएका छन् ।

दिल्लीमा भएको १२ बुँदे सम्झौता पछि नेपालमा २०६२/६३ को आन्दोलन शुरु भई नेपाल राजनीतिक दलले नेपाललाई जनचहाना विपरित धर्म निरिपेक्ष, संघीय गणतान्त्रिक मुलुक घोषण गरिएको थियो ।

थप जानकारी