राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपालकाे लगातार तेस्राे जीत, थाइल्याण्ड १४० रनले पराजित, सन्दिपकाे ५ विकेट

आइतवार, २१ आश्विन २०७५ १६:५५

२१ असाेज टि ट्वान्टी विश्वकपको एशीया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ ।

आज भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको छ ।

तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्ड विरुद्ध माथिल्लो क्रमका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्ध शतक प्रहार गर्न सकेनन् ।

नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन् । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो ।

नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए ।

थप जानकारी