राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

प्रमको स्वास्थ्यमा त्रमिक सुधार

आइतवार, ११ कार्तिक २०७५ १५:३५

काठमाडौँ, कात्तिक ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

शुक्रबार स्थगित मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने प्रेस नोटमा उल्लेख गरिएको छ । (रासस)

थप जानकारी