राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नेपाल सरकार चीनसँग व्यापार गर्न चाहँदैन: फणीन्द्र नेपाल

बुधवार, १२ मंसिर २०७५ २३:१६

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपाल सरकारले चीनसित व्यापार गर्न नचाहेको बताएका छन् । आफ्नो फेसबुकमा लेख्दै उनले भूकम्पको ३ वर्षसम्म सरकारले सडकको मर्मतसम्भार गर्न रुचि नदेखाउनुको अर्थ चीनसँग व्यापार गर्न नचाहनुका साथै भारतीय स्वार्थअनुकूल हुने गरी तातोपानी नाकालाई बेहाल अवस्थामै राखिरहनु हो भनी सरकारलाई गम्भीर आरोप लगाएका छन् ।

नेपालको फेसबुक पोष्ट जस्ताको त्यस्तै “नेपाल सरकारले चीनसँग तातोपानी नाका खोल्ने विषयमा कुरा भइरहेको बताइरहँदा नाका खोलिन्छ कि खोलिन्न अझै अनिश्चित छ तर नेपालतर्फको सडकको स्थिति हेर्दा नाका खुले पनि सहज रूपमा कुनै व्यापारिक कारोबार हुनसक्ने सम्भावना देखिँदैन ।

मैले हिजो मङ्सिर ११ गते व्यक्तिगत रूपमा उक्त नाकाको अध्ययन निरीक्षण गर्दा सडकको स्थिति दयनीय र भयावह भएको पाएँ । एउटा जिप पास हुन अर्को अर्को जिप १०० मिटर परै रोकिनुपर्छ भने यसलाई व्यापारिक मार्ग कसरी भन्ने ? यसबाट के स्पष्ट हुन्छ भने सरकार यो नाका खोल्न त्यति गम्भीर छैन ।

हिजो मैले सुकुटे र खाडीचौरबिचको ७४ किलो भन्ने ठाउँमा उभिएर हेर्दा सडकको जुन दुरवस्था देखेँ त्यसले मलाई के सोच्न बाध्य पार्यो भने भूकम्पको ३ वर्षसम्म सरकारले सडकको मर्मतसम्भार गर्न रुचि नदेखाउनुको अर्थ चीनसँग व्यापार गर्न नचाहनु हो । अझ के पनि भन्न सकिन्छ भने एउटै तातोपानी नाकाबाट चिनियाँ सामानको अापूर्ति जुन रूपमा हुँदै अाएको थियोे , ती चिनियाँ बस्तुले काठमाडौं घुम्न अाउने भारतीय पर्यटकलाई पनि लोभ्याउने गरेको देखिन्थ्यो ।

चिनियाँ सामानप्रति भारतीय नागरिकको यो अाकर्षणलाई रोक्न पनि यो नाकाको मर्मतसुधार रोक्नु अावश्यक थियोे । यही भारतीय स्वार्थ पूरा गर्न व्यापारनाकासँग जोडिएको यो सडकलाई अाजसम्म बेहाल अवस्थामै छोडिएको हो ।”

थप जानकारी