राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

अबको साता तपाईको राशिफल

आगामी मंसिर २८ गते शुक्रबारसम्मको

शनिवार, २२ मंसिर २०७५ १८:२१

. मेष राशि (चु चे चो ला लि लु ले लो अ)

राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
शुक्रबार सहज दिन छैन यहाँहरुको निमित्त । शनिबारबाट नयाँ राम्रा अबसर र राम्रो समाचारले एक प्रकारको छुट्टै आनन्द मय बनाउने छ । समाजिक उत्तरदायित्व बढी पूर्वीय देश अथवा दिशा तर्फ यात्रा भै सभा सम्मेलनमा भाग लिन पाइने छ र सज्जन ब्यक्ति र सदाचार मन भएका जनहरुसंग सम्पर्क बढ्ने छ। सामाजिक कार्यक्रममा मन बढी जानेछ । आफ्ना कुरा जेष्ठ सदस्यले मान नगरि दिदा अलिक मन्न खिन्न हुने छ । कुनै महत्त्व पुर्ण कार्य गर्दा दिल देखि गर्नु होला । टाउकोमा समस्या देखिने योग रहेको छ। (ॐ मंगल मुर्तये नम: १० हजार जप तथा हनुमानजि को आरधना गर्नुहोला )

२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)

राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यहाँहरुलाई शुक्रबार शुभ समाचार तथा शुभ अबसर को योग रहेको छ । पश्चिम् दिशाको यात्राले आम्दानीमा बडोत्तरी हुनेछ । रमाइलोमा मन जाने छ । रमाइलो जात्रा यात्रामा समय व्यथित हुनेछ । आफ्नो ब्याक्तित्वका कारण अरु व्यक्तीहरु आकर्सित हुने छन् । थोरै लगानीमा गरिएको काम तथा साझेदारीमा गरिएको कामले आम्दानीमा बढोत्तरी हुने छ । अचानक आम्दानी तथा प्रगती देखेर आमाबुबा खुसी हुनुहुनेछ । आफन्तहरुले साथ दिने छन् । बिगतदेखि बिगृएको पिसाब सम्बन्धी रोगले अलिक सताउने छ । बिहीवार चोट पटक लाग्न सक्छ सावधान हुन आवश्यक छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)

३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)

राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
यो साता यहाँलाई गरि आएको कार्य देखि बिरक्त भई कार्य बदल्न मन लाग्ने छ । मान्यजन तथा मान्यवरको उपस्थितिमा शुभ कार्यमा सहभागी हुन पाइने छ । उत्तर दिसाको भ्रमणले आम्दानी हुने छ । फोक्सोमा इन्फेक्सन हुने सम्भावना बढी छ । प्रेमी प्रेमिका बिच मनमुटावको योग रहेकोले भनाभन नगर्दा बेस रहने छ । दाम्पत्य जीवनमा दाग लाग्ला । वैदेशिक यात्रामा सफलता पाइने छ । कम बोल्दा यो साता ठिक रहने छ । सोमबार बिहिबार अलिक परेसानी युक्त कर्म होला सावधान रहनु नै बेस रहन्छ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)

४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)

राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
साताको पुर्बार्धमा अन्तरास्ट्रिय स्तरका महानुभावसंग उठ बस गर्न पाइने योग रहेको छ । अत साफ सुथरा व्यक्तित्वमा कमि नलेउनु होला । रक्तस्रावको अलिक यो रहेकोले दुबोको रस पान गर्नु नै श्रेयकर रहन जाने छ । मुटु सम्बन्धि समस्याले सताउने छ । मन अमिलो हुनेछ। प्रेम अंकुरणको योग रहेको छ । घर घरायसी झैझगडामा न रुमल्लिनु नै राम्रो रहने छ । जेष्ठ नागरिकको सेवाले बिगतमा गरिएको कमि कमजोरीहरु पनि मत्थर हुने छ । यहाँहरुले यो साता रक्त रङ्गको प्रयोग गरेको खण्डमा प्रतिस्पर्धा गर्ने जनहरु पनि परास्त हुने छन । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )

५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)

राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
वैदिक कार्यको सुरुवात हुन सक्ने छ । बैवाहिक कुराले मन सान्त हुने छ । सभा सम्मेलनमा सहभागी होइने छ । सिरमा समस्या देखा पर्ने छ । पेटमा समस्या आइलाग्ने हुनाले अलिक आलस्य देखा पर्नेछ । पुर्वको यात्राले सफलता पाउने छ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी होइने छ । परिणाम मुखी कार्यक्रम सफल हुने योग रहेको छ । साथीहरूसंग रमाइलो गर्न वा पिक्निकमा मन जाने छ । दाम्पत्य जीवन शुभ रहने छ । सुनौलो रङ्ग यो साता शुभ रहेको छ । पुर्वको बिहानी सुनौलो लालिमा यहाँलाई शुअभ रहने छ । मनको चन्चलता हराउने छ। (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)

६. कन्या (टो पा पि पु ष ण ठ पे पो)

राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
यहाँहरुको यो साताको पुर्बार्धमा अलिक कठिन युक्त कर्म गर्नुपर्ने छ । उत्तर पश्चिमको यात्राको सम्भावना बढी रहेको छ । तर यात्रा गर्दा बेलाको ख्याल राख्नु पर्ने छ । बुधबार बिहिवार पूर्वीय दक्षिणको यात्र रहने छ । नशा सम्बन्धी रोग बल्झने छ । गुदद्वारमा समस्या हुने छ अत: भोजन मसालेदार नखानु श्रेयकर रहन जाने छ । वैदिक कार्य तथा सभा सम्मेलनमा सहभागी होइने छ । पद प्रतिष्ठाको योग रहेको छ । आम्दानीका नवीन खोज हुने छ । जग्गाबाट राम्रो आम्दानी हुने छ । दाजु भाइमा नराम्रो हुने हुँदा अलिक सतर्कता अपनाउन पर्ने प्रष्ट देखिन्छ । सोमबारदेखि नैतिकतामा बाधिने योग रहेको छ । प्रेममा खतरा आइलाग्ने छ। विपरित लिङ्गीका कारण तनाव होइने छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)

७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)

राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
साताको पुर्बार्धमा नै पश्चिम् दिशाको यात्रा रहेको छ । बैदेशिक यात्रा तथा रोजगारिमा सफलता पाइने योग रहेको छ । दाम्पत्य जीवनमा अरु कोइ प्रवेस गर्ने भएकोले साता सम्बन्धि भावमा तनाव र मनमुटाव हुने छ । प्रेमी प्रेमिकाको लागि उत्तम समय त्यति देखिएको छैन । बाहाना बनाई धोका दिने प्रबल सम्भावना छ। दैनिक कार्यलाई निरन्तरता दिए शुभ अन्यथा हानी व्यहोर्नु पर्ने हुन्छ । मुत्र तथा मांसपेशी मा समस्या आइलाग्ने छ । गर्दनमा समस्या आउने छ । नाता गोतामा रिन यो साता लिने दिने नगर्दा शुभ रहेको छ । पाउनाको योग छ । डुबेका धन आउन सक्छ ।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)

८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)

राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । साताको पुर्ब समयमा नतागोता इष्ट मित्रहरूमा झैझगडा हुनसक्ने छ अत: अलि साबधान रहनु बेस । बैवाहिक कुराहरु आउने छन । प्रेमी प्रेमिकामा हठका कारण ब्रेक अप हुन सक्ने सम्भावना बढी रहेको छ । पिठ तथा कम्मरमा समस्या आउने योग रहेको छ । सावधानी अपनाएको खण्डमा भने बिग्रीएको सम्बन्ध पनि साताको अन्तमा समाधान हुने छ । रोजगारीको क्षेत्रमा आफ्नो क्षेमता बल बुदाका कारण पदोन्नति हुने छ । आफन्तहरु शकुनि भेषमा हुने छन चनाखो हुनु होला । सिरदोसले सताउने छ ।(ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)

९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)

राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान कोण शुभ। धनु जनको निमित्त यो साता लाभदायी रहेको छ । यात्राले मन तरङ्गित हुने छ । नया जोस र जागर प्राप्त हुने छ । विपरित लिङ्गीले पछ्याउने छन । अन्तरास्ट्रिय स्तरका जनहरुले स्थान दिने छ्न । साना तिना समस्या आइ लाग्ने छन तर निडर भई गरेको खण्डमा भने कुनै पनि अप्ठ्यारो आइ लाग्ने भने छैन साथिभाइहरुको सहयोगले नवीन कार्य बन्ने छ। सामाजिक संजालमा बढी व्यस्त हुँदा स्वास्थमा समस्या आउने छ । सभा सम्मेलनमा सहभागी होइने छ । धार्मिक काममा र भबिस्यको हितार्थको काममा मन जाने छ । आफुले गरेको कामले गर्दा मन दङ्ग रहने छ । सुनौलो रङ्ग यो साता धनु जनलाई शुभ रहेको छ । छाला सम्बन्धी समस्या देखा पर्ने छ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।

१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)

राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
साताको पहिलो दिन यहाँको हक्की स्वभावका कारण दिएको वचनका कारण अलिक सामाजिक समस्या देखा पर्नेछ। न्यायिक क्षेत्रमामा समय छुट्टाउनु पर्ने छ र नराम्रा मान्छेहरुसंग पौठे जोरि गर्नु पर्ने हुदा बलले भन्दा बुद्धिले गरेको काम सफल हुने छ । बिगतमा गरिएको सृजन सिल कामले धार्मिक ब्यक्ति ले मन पराउने छन । प्रेम र दाम्पत्य जीवन सुखदायी रहने छ । प्रेमका अबसर जुट्ने छ्न । तल्लो पेट सम्बन्धि समस्या देखा पर्ने छन । शनिबारदेखि आयका बाटोहरु खुल्ने छ । फलामको कारोबार तथा न्यायीक कार्य गरेको खण्डमा शुभ रहने छ। तर यो साता यहाँहरुको अन्तमा न्यायीक मुद्दा मामला फेल हुने छ । अपमानित हुनु पर्ने छ साबधान रहनु होला । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)

११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)

राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । शनिबार घर जग्गा सम्बन्धि काममा पारिवारिक झमेला आइ लाग्ने योग छ तर पनि अन्तमा यहाँको नै मतको अनुमोदन हुने छ । पुर्खेउले अचल सम्पत्ति सुक्री बिक्रिको योग रहेको छ । साताको सुरुमा नै आम्दानीका स्रोतहरु खुल्ने छन । साथै फजुल खर्च पनि त्यती नै हुने छ। पुराना साथी भाईको सर सल्लाहमा नवीन रोजगार फेला पर्ने छ। प्रेम अंकुरण हुने छ । पुराना साथीसंग पुन अनैतिक सम्बन्ध हुन सक्छ अलिक सावधान हुन जरुरी छ। थकानको महसुस हुनेछ ।आइतबार नशा सम्बन्धि रोगले अलि परेसान बनाउने छ । यदि यहाँहरु यात्रामा हुनुहुन्छ भने सावधान रात्री यात्रा नगर्नु होला । बुधबारदेखि घुंडामा समस्या आउला । गेडागुडिको सब्जीबाट टाढा रहनु बेस होला । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।

१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)

राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
पुराना इष्टमित्रहरूसंग अकस्मात जम्काभेट हुनेछ र रमाइलो यात्राको प्लान बन्नेछ । शनिबार पर्यटकिय क्षेत्रको भ्रमण हुने र मिस्ठान्न भोजनको अबसर रहेको छ । साबधान फुड पोइजन हुन योग पनि रहेको छ । प्रेमको मामलामा अलिक उताउलो भईने छ । सन्तान सुख योग रहेको छ। घरका जेष्ठ सदस्य बिमार हुनसक्नेछन अलि खर्च गर्नु पर्ने हुन्छ । मौसमी फेरबदलका कारण स्वयंलाई पनि असजिलो हुनेछ शरीरमा । बुधबार अपजसको सामना गर्नु पर्ने छ । साताको अन्तमा पतिपत्नी बीच सामान्य बिवाद हुने छ । सभा सम्मेलन र पुजा पाठमा मन जाने छ ।।बित्तीय क्षेत्रमा लगानी गर्नाले शुभ रहने छ । बिपरित लिङ्गीसंग पनि उताउलो मन हुन सक्ने योग प्रबल छ सो ठिक भने होइन । गुप्त धन हात लाग्ने छ । गोडामा चोटपटक लाग्न सक्ने छ । सबारी साधन चलाउदा अलि होस पुराउनु होला। (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)

हामी सबैको यो हप्ता शुभ रहोस् ।

आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं:  ९८४१८९१९४१/९८४१७०२७८९

यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।

थप जानकारी