राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

मेक्सीकोकी भनिसा बनिन् मिस वर्ल्ड २०१८

शनिवार, २२ मंसिर २०७५ २०:२७

चीन । मेक्सिकोले यस वर्षको मिस वर्ल्ड २०१८ को उपाधि जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन्।

चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका  तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।

उनी पेसाले मोडल हुन्। मिस वर्ल्ड २०१७- मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।

मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेको नेपालको यात्रामा भने टप १२ मा टुङ्गियो।

थप जानकारी