राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

मेसीको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोना विजयी

आइतवार, २३ मंसिर २०७५ ९:५२

एजेन्सी । कप्तान लियोनल मेसीले सनसनीपूर्ण प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले स्पान्योललाई ४–० गोलले हराएको छ ।

स्पान्योलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले दुई मेसीले दुई, औसमाने डिम्बालेले एक एक गोल गरे । मेसीले १७ औं र ६५ औं मिनेटमा दुवै गोल फ्रिकिकमा गरेका थिए । २६ औं मिनेटमा डिम्बालेले मेसीकै पासमा अर्को गोल गरेका थिए ।

स्वारेजले ४५औं मिनेटमा डिम्बालेको पासमा उत्कृष्ट गोल गरेका थिए । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यस जितसँगै १५ खेलबाट ३१ अंक बनाएको छ । २१ अंक बनाएको स्पान्योल नवौं स्थानमा छ ।

यसैगरी शनिबार राती नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभिल्ला भ्यालेन्सियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सेभिल्लाले अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो ।

सेभिल्लाका पाब्लो सर्वियाले ५५औं मिनेटमा गोल गरेका थिए । त्यसपछि भ्यालेन्सियाका मोक्टर डिखावेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस बराबरीपछि सेभिल्ला २८ अंकसहित तालिको दोस्रो स्थानमा छ । १८ अंक जोडेको भ्यालेन्सिया १३औं स्थानमा छ ।

अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले डिर्पोटिभो अलाभेसलाई ३–० गोल र सेल्टाभिगोले भिल्लारियललाई ३–२ गोलले पराजित गर्यो ।

थप जानकारी