राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

प्रधानन्यायाधीश सिफारिसको लागि संवैधानिक परिषदको बैठक बस्दै

मङ्गलवार, २५ मंसिर २०७५ १२:४९

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार अपरान्ह ५ बजेमात्र बस्ने भएको छ ।

यसअघि सो बैठक विहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने जनाइए पनि परिषद सदस्यको ब्यस्तताका कारण ५ बजेका लागि सारिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ ।

यसअघि गत १७ गते बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि निष्कर्षमा पुग्न सकेको थिएन ।

थप जानकारी