राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

नेमार बने विश्वकै महंगा खेलाडी, पछि परे मेस्सी

शनिवार, २१ पौष २०७५ १४:३८

एजेन्सी, ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ ।

यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् ।

मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ,  १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् । रातोपाटीबाट

थप जानकारी