राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

अबको साता तपाईको राशिफल (आगामी माघ ४ गते शुक्रबारसम्मको

शुक्रवार, २७ पौष २०७५ ९:१२

१. मेष राशि (चु चे चो ला लि लु ले लो अ)

राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण ।
यो साता मेष राशीको निमित्त उत्तम खालको समय रहेको छ। शिक्षण क्षेत्रमामा खुशीको खबर सुन्न पाइनेछ । आफन्तको सहयोगमा बिगतदेखि रोकिएको कामहरु सुचारु हुनेछ । आफन्त तथा मान्यवरको स्नेह र सहयोग पाइनेछ । शिक्षा शिक्षणमा लगाएको लगानीले नाफा संतोषजनक स्थिति प्राप्त हुनेछ। साताको मध्य समयमा मांगलिक कार्य तथा सुख प्राप्त हुने छ। पारिवारिक सम्बन्ध सुधार हेने छन । प्रेमी प्रेमिका बिच सुमधुर सम्बन्ध रहने योग रहेको छ । शिक्षा शिक्षणमा प्रगती हुनेछ । साताको अन्तमा अनावश्यक झै झमेला आइ लाग्ने छ । आइतबार र शुक्रवार धन र्हास होला । कलेजोमा सामन्य समस्या आइ लाग्ने छ र रक्तस्राव हुने समस्या स्त्री जनलाई देखिने छ । कृषि तथा चौपायाबाट प्रसस्त धन लाभ हुने योग रहेको छ । जग्गा जमीन किन बेछको योग रहेको छ । गणेश अथर्व पाठ गरेमा शुभ रहनेछ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)

२. बृष राशि (इ उ ए ओ वा वि वु वे वो)

राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु ।
यात्रा भेटघाटका कारण रमाइलो बाताबरण हुनेछ । रमाइलो तिर मन जानेछ । याहाहरुले छुद्र वचन कम  गर्दा बेस रहने छ हैन भने राजनीति क्षेत्रमा अपजस र मतमतान्तारको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्रमा सफलता हात लाग्ने छ । उच्च शिक्षाको लागि बिदेश गमनको योग रहेकोले पश्चिमि मुलुकको शैक्षिक यात्रा गर्दा फाइदा मुलक हुनेछ। बौद्धिक बर्गले प्रसंसा गर्नेछ्न । वैदिक शाहित्यमा मन जाने योग रहेको छ। ब्यापार बन्दोबस्त बाट प्रसस्त आम्दानी हुनेछ । प्रेमको अंकुरण हुनेछ बिपरित लिङ्गीमा आशत्ति बढेर जानेछ। नेत्रमा अलि जलन हुने योग छ धुलो धुवाँबाट बच्नु नै श्रेयकर रहला। शाताको अन्तमा कुटिल मन हुनेछ ।
(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)

३. मिथुन राशि (क कि कु घ ङ छ के को ह)

राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान ।
यो साता मिथुन राशी हुने जनको निमित्त सुभ समय रहेको छ । साताको अन्तमा अलिक तनावको सामाना गर्नु पर्ने हुन्छ। यो साताको सुरुमै सकारात्मक सोच र उर्जा उत्तपन्न हुने छ । काम गर्ने जोस जांगर आउने छ । न्यायिक क्षेत्रमा गरेको काम या मुद्दा मामिलामा सफलता मिल्ने छ । व्यापार व्यबसायमा सफलता पाइने योग रहेको छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ। नया काम को थालनी गर्ने मौका पाइने छ । सोमबार अपजसको सामाना हुने छ । औषधी पेसामा लाग्ने जनको लागि यो साता उत्तम रहेको छ । मंगल बार अपरिचित व्यक्तिद्वारा एक्कासि प्रेमको प्रस्ताव आउदा अलमलमा परिने छ । गृहस्थ जनको लागि सताको मध्य समयमा सन्तानको स्वास्थ्य बिग्रनाले तनाव होइने छ, धनको जोहो गर्न हम्मे हम्मे पर्ने छ । शिक्षार्थीको लागि भने यो साता शुभ रहेको छैन ।
(ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)

४. कर्कट राशि (हि हु हे हो डा डि डु डे डो)

राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् ।
साताको सुरुवातमा सभा सम्मेलनमा जान पाइने योग रहेको छ । कला शाहित्यको क्षेत्रमा कलम चलाउने रहर जागेर आउने छ । बिगत केही सातादेखि खस्किएको शिक्षा बढेर जाने छ । शाझेदारी काममा सफलता पाइने योग रहेको छ । बिलासिताका सामान खरिद बिक्रीको योग रहेको छ । साताको मध्य समयमा स्वास्थ बिग्रनाले गारो महसुस हुने छ । सामाजिक संजाल अर्थात संचार क्षेत्रमा गरेको मेहनतले सार्थकता पाउने छ । प्रेमी प्रेमिका बिचमा एक नया खालको सम्बन्ध सुरु हुने छ । साताको अन्तमा अनावश्यक चिन्ताको समाना गर्नु पर्ने छ । चिन्ता बढ्नाले तनाव ग्रस्त भैने छ । चिन्ताले गर्दा आय आर्जनमा समेत प्रभावित हुने योग रहेको छ । ललित कला शाहित्यमा मन गै आनन्दीत हुने छ । मुटुमा समस्या आई लाग्ने छ । छिटो अरुको कुरामा बिश्वास गर्नाले पछुताउनु पर्ने छ । दुध दहिको कारोबारले अधोगतिमा रहेको व्यबहार सप्रने योग रहेको छ । श्रीमतिसंग बिवाद नगर्दा शुभ रहने छ(ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )

५. सिंह राशि (मा मि मु मे मो टा टि टु टे)

राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो ।
यो साता त्यति शुभ रहेको छैन ता पनि अध्यन अध्यापनमा मन जाने छ । मांगलिक कार्यमा सहभागिता हुने छ । शिक्षा क्षेत्रमा गरेको लगानीले सफलता पाउने छ । प्रेमी प्रेमीका बिच तनावको योग रहेको छ। पतिपत्नी बिचमा नयाँ एक अर्काे व्यक्तिको आगमनले धन सम्पती मान सम्मानमा ठेस पुग्न सक्ने छ । अत पुर्ब प्रेमीहरुसंग टाढै रहदा शुभ रहला । अनावश्यक यात्राको सामना गर्नु पर्ने हुन्छ । जाय जेथामा अरुले आँखा लगाउने छन । नयाँ व्यबसाय नगर्नु नै शुभ रहने छ। जग्गा जमिन जोडजामको योग रहेको छ तर मन थिर नरहनाले अलिक गारो हुने छ । आफू भन्दा जेष्ठ सदस्यहरुको निमित्त स्वास्थ क्षेत्रमा खर्च गर्नु पर्ने हुन्छ । नैरस्यता पलाउनाले बन्न लागेको काम पनि बिग्रने योग रहेको छ । शनिबारका दिन झैझगडामा सरिक नहुदा नै बेस रहने छ । (ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)

६. कन्या (टो पा पि पु ष ण ठ पे पो)

राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार: सोमबार
यो साता यहाँहरुलाई मान-सम्मानको योग छ। विद्वानहरुकोसंगले मनमा रहेकोसंका तथा उपसंकाहरु दुर भएर जानेछ । संचारको क्षेत्रमा प्रगती हुने योग छ । कला साहित्य लेखनमा अभिरुचि भै प्रगती सकिने छ ।नेत्र सम्बन्धी समस्याले सताउनेछ।वैदेशिक रोजगार मा जाँदै हुनुहुन्छ भने यो साता बृस राशिलाइ  अशुभ रहेको छ अर्थात काम निस्पन्न हुन सक्ने छैन ।शिक्षण क्षेत्रमा प्रगतीको योग रहेको छ । शिक्षामा लगाएको धनले प्रगती हुनेछ। आयाअर्जन सामान्य रहेको छ ।शनिबार स्वास्थमा समस्या देखा पर्ने छ। नसा सम्बन्धि समस्याले शनिबार तनाव हुने छ । आइतबारदेखि रोकिएका कामहरु सुचारु हुने छ । बिहिवार अचानक यात्राको योग रहेको छ।दाम्पत्य जिवन सुमधुर रहने छ । सरकारी लाममा उल्झन आउने छ । नखाएको बीस लाग्ने योग छ, धैर्य रहनु होला । सामाजिक क्षेत्रमा गरेको काम को जस भने साताको अन्त्तमा पाइनेछ । पेटमा अपचको कारणले समस्या हुने छ । खरो बानीका कारण बनेका काम पनि बिग्रन सक्नेछ । कन्या राशी जनहरुको निमित्त यो साता आर्थिक लाभको समय छ । बिछोडिएका प्रेमीसंग पुनर मिलन हुने छ । रङ्ग रङ्गिलामा मन जाने छ। दाम्पत्य जीवनमा समस्या देखा पर्ने छ । साथीले अर्थात जीवन संगी संगिनीलाई  प्रेमको अभाव हुने छ । सामन्य वाद बिबाद हुने योग रहेको छ । साबधान रहनु ठिक रहन्छ । साझेदार अर्थात साझेदारीमा गरिएका कामहरुमा समस्या आई लाग्ने छ । नवीन मित्रहरुबाट धोका हुन सक्ने छ । साताको मध्य समयमा अलिक कष्ट दुखको सामना गर्नुपर्ने हुन्छ । धोका धाडिको योग प्रस्सत रहेको छ । जग्गा जमीनबाट आम्दानी हुनेछ । जन्मस्थलबाट लाभ लिन सकिने छ । नशा सम्बन्धी समस्या देखा पर्ने छ । चिसोबाट बच्नु पर्ने छ। (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)

७.तुला राशि (रा रि रु रे रो ता ती तु ते)

राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण
बिगतदेखि बिग्रेको दाजुभाईको सम्बन्ध सुमधुर हुने योग रहेको छ । दाजुभाईसंग मिलि गरेको कामबाट आम्दानी हुने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध मजबुत हुने योग रहेको छ । सामाजिक कार्यमा मन लाग्ने छ । शुक्रवार नया रोजगार मुलक अर्थात आयमुलक कामहरु फेला पर्ने छन । यात्रामा नबिन प्रेमीले दीर्घ प्रेमको प्रस्ताव गर्नेछन् । हतारमा गरेको निर्णय भबिस्यमा घातक हुन जाने छ। गर्भ योगको समय छ । साताको पुर्बार्धमा सुख शान्तिको महसुस हुने छ । सोमबार अलिक अप्ठ्यारो स्थिति शृजना हुन सक्ने योग रहेको छ । पुराना मित्रहरुबाट आर्थिक सहयोग मिल्ने छ । सताको अन्तमा यात्रा गर्दा साबधानी अपनाउनु पर्ने छ । नत्र चोट पटकको योग रहेको छ । यो साता यहाँहरुको फियोमा समस्या आउने छ अत भोजन पानी मा ख्याल राख्नु होला।
ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)

८. वृश्चिक राशि (तो ना नि नु ने नो या यि यु)

राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । कृषिको क्षेत्रमा अग्रसरता बढी आय मुलक कर्ममा मन जाने छ । मान्यबरहरुको भेटघाटले नयाँ उर्जा प्राप्त हुनेछ । सामाजिक तथा पारिवारिक दायित्व बढी मन हर्सौला समय हुने योग रहेको छ । आलस्यता र ढिलासुस्तीका कारण दैनिक कार्यमा अवरोध आउने योग रहेको छ । अत सुस्त पन त्याग्नु नै असल होला । व्यापार व्यवसायमा सोचेको जति वृद्धि नहुन सक्छ । चौपाया र कृषिबाट भने प्रसस्त आम्दानी रहने छ । भाग दौडका कारण मानसिक र सारिरिक दुर्बलता बढने योग रहेको छ । टाउको दुख्ने समस्या वृद्धि हुनेछ । बैस्य जातीको संगतले आम्दानीमा वृद्धि योग रहेको छ । प्रेम अंकुरण हुने छ ।आफू भन्दा निकै कम उमेरका सदस्य पर्ती मन जाने छ सो अति हानिकारक छ साबधान । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)

९. धनु राशि (ये यो भा भि भु ध फा ढा भे)

राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान, दौड धुपका कारण समय तर्जुमा गर्न असजिलो हुने योग रहेको छ । साथिभाई मित्रहरूबाट नबनेको कामहरु पनि बन्ने योग रहेको छ । शिक्षा शिक्षण क्षेत्रमा लगाएको लगानीले शुभ फल दिने छ । शुक्रबार आफन्तबाट अपमानित हुनुपर्ने छ । जेष्ठ नागरिक र उच्चस्तरीय व्यक्तिको सल्लाहमा गरेको कामले सकारात्मक फल दिने छ । साताको अन्त आर्थिक लाभ मिल्ने योग रहेको छ । मूत्राशयमा बिकारको योग रहेको छ । आइतबार शुक्रबार अपजस सहनु पर्ने छ । साताको पुर्बार्धमा शुभ पलको अनुभुती हुने छ।
(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।

१०. मकर राशि (भो जा जि जु ख खा खि गा गि)

राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो,
बिगत देखि भई रहेको स्वास्थ्य सम्बन्धि समस्या समाधान हुनेछ । स्वास्थ सुधारका कारण मनमा  आनन्दको महसुस हुन्छ। वैदेशिक रोजगारीको अबसर प्राप्त हुनेछ। महत्त्वपुर्ण कर्ममा सहभागी हुन पाइने छ । सामाजिक सभा सम्मेलनमामा सहभागी हुन पाइनेछ। दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध हुने छ । प्रेमि प्रेमिका बिच माया प्रेम अंकुरण हुने योग छ। दौडधुप बढनुको कारण थकानको महसुस हुने छ । सामाजिक क्षेत्रमा मन जाने भएकोले शिक्षामा समय अपुग हुने छ । पारिवारिक सद्भाव बढ्ने छ । कार्य क्षेत्रमा पदोन्नति हुने छ । हड्डि सम्बन्धि समस्या आई  लाग्ने छ ।शरीरमा पानीको मात्रा कम हुने छ । पानीको मात्रा बढाउनु पर्ने छ । शनिबार शुभ समाचार सुन्न पाइने छ । आइतबार धन हानीको योग छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)

११.कुम्भ राशि (गु गे गो सा सि सु से सो दा)

राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । यो साता कुम्भ जनको निमित्त मध्यम खालको समय रहेको छ । साताको सुरुवातमा पतिपत्नी बिच बिगतमा भएको नराम्रो पनहरु सुलह भै सहि ट्र्यकमा चल्ने योग रहेको छ। विशेष ब्यक्तिले बिगि्रएको कामहरुलाई पनि सुचारु गराउने छन सुचनाको माध्यमबाट अर्थात आदान प्रदानबाट महत्वोपुर्ण काम बन्ने छ । पुराना मित्र जनहरुसंगको भेट घाट ले मन आनन्दीत हुने छ।पौष महिना को यो साता बिवादमा तानिने हुदा अनावश्यक बिवादमा र झै झमेलाला सरिक नहुदा नै जाती रहला ।।शिक्षा शिक्षण मा प्रगती को योग रहेको छ । बोली चालीको प्रभाव ले रिसाएका व्यक्तिहरुलाई पनि रिजाउन सकिने छ। मदिरा र सुर्तीजन्य पदार्बाट टाढा रहदा यो कुम्भ राशीलाई यो साता शुभ रहने छ । (ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।

१२.मीन राशि (दि दु थ झ ञ दे दो चा चि)

राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो ।
बृस्चिक राशीमा धन र धन राशीमा सुर्य र धन राशी मै शनिस्चर हुनाले मीनलाई पारिवारिक कलहको सामना गर्नु पर्ने छ। पेट तथा आंतमा समस्या देखा पर्ने छ। खानपानमा अलिक सजकता अपनाउनु पर्ने हुन्छ । सभा सम्मेलन तथा भोजभतेरमा सहभागी होइने छ। आइतबारदेखि अनावश्यक बादबिवाद र झमेलामा पर्नु पर्ने छ । दाजुभाई इष्टमित्रसंग सुलह बजह कलह बढी हुने हुदा छुच्चो नहुनु नै मीन लाई शुभ छ । नोकरीमा बिवाद तथा अपहेलित हुनु पर्ने छ । राजनीति गर्ने जनको निमित्त भने यो साता शुभ रहेको छ । राजनीति दायित्व बढी पदोन्नतिको योग रहेको छ । पैत्रिक अचल सम्पत्तिमा बिवाद भई बेचबिखन समेत गर्नु पर्ने छ। दाम्पत्य लाईफमा सुधारका संकेतहरु फेला पर्ने छन । प्रेमी प्रेमिकामा भएका बिगतका संका उपसंकाहरु निवारण भै पुन सम्बन्ध सुमधुर रहने छ । गोडाको पाइतालामा समस्या आइलाग्ने योग रहेको छ ।
(बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)

हामी सबैको यो हप्ता शुभ रहोस् ।

आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य अंक गणित
कपन काठमाडौं फोन नं:  ९८४१८९१९४१/९८४१७०२७८९

यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।

थप जानकारी