राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

युभेन्टस काेपा इटालीयाकाे क्वाटरफाइनलमा

आइतवार, २९ पौष २०७५ ७:२१

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बोलोग्नालाई दुई शुन्यले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्सको जितमा बेरनरदेस्ची र कियमले एक एक गोल गरे । खेलको नौ मिनेटमा नै बेरनरदेस्चीको गोलमा युभेन्टसले अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको युभेन्टसले ४९ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि कियमले गोल गर्न सफल भए । रोनाल्डो भने दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेपनि गोल गर्न सकेनन ।

थप जानकारी