राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राजधानीमा स्वाइनफ्लुकाे संत्रास : केहीको मृत्यु, दर्जनौँ संक्रमित

सोमवार, ३० पौष २०७५ १२:२७

काठमाडौँ । स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।

बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको र केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि ती अस्पतालमा उपचार रहेको बताइएको छ ।

केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए । नेपाल समाचारपत्रबाट

थप जानकारी