राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

त्रिभुवन आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा

आइतवार, ६ माघ २०७५ २०:३२

शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ४ – २ गोल अन्तरले पराजित गर्दै  अर्काे विभागीय टिम त्रिभुवन आर्मी सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसाेत एपिएफले २ पटककाे अग्रता खेर फाल्याे ।

सिमरा रंगशालामा भएको खेलमा आर्मीकाे जितमा टंक बस्नेतले दुई गोल गरे भने दिपक गुरुङ र सुदिल राईले एक एक गोल गरे । एपीएफका राजन गुरुङ र आशिष लामाले एक एक गोल गरेपनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

खेलको ३१ औ मिनेटमा राजनको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको ४३ औ मिनेटमा आर्मीका टंकले गोल गर्दै खेल बराबरीमा पुर्याए ।  ४७ औ मिनेटमा एपीएफले  आशिषकाे गोल मार्फत २ – १ को अग्रता बनाएकाे थियाे ।

पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे आर्मीले दाेस्राे हाफमा २ गाेल थप्याे । ७३ औ मिनेटमा आर्मीका दिपकले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । ८६ औ मिनेटमा सुदिलले आर्मीलाई ३ – २ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४ – २ को जित दिलाए ।

आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जन जागृति क्लब र मकवानपुर -११ बीचको विजेतासंग खेल्नेछ ।

थप जानकारी