राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

हिन्दु राष्ट्र पुर्नस्थापनार्थ राप्रपाको बाजा सहितको घरदैलो कार्यक्रम शुरु

सोमवार, ७ माघ २०७५ १७:१०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुर्नस्थापनार्थ घरदैलो कार्यक्रम शुरु गरेको छ ।

राप्रपाले शुरु गरेको बाजासहितको घरदैलो कार्यक्रम देशभर मंगलबारसम्म जारी रहने बताईएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राज संस्थाको स्थापन गर्न र मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्य गर्न लागि घरदैलो कार्यक्रम गरिएको बताएका छन् ।

पार्टीका सबै नेता कार्यकर्ता आ-आफ्नो गृह जिल्ला पुगेका छन् । अध्यक्ष थापा गृहनगर हेटौंडाको कार्यक्रममा सहभागी छन् भने नेता राजेन्द्र प्रसाद लिङ्देन, प्रदेश १ का प्रमुख राम थापा, भक्ति सिटौला झापामा सहभागी छन् ।

यसैगरी काठमाडौंमा प्रदेश ३ का प्रमुख बिक्रम बहादुर थापा, नेता भुवन पाठक, सहायक महामन्त्री ईन्द्र चित्रकार, केन्द्रिय सदस्य प्रकाश रिमाल, केन्द्रिय सदस्य उद्वव थापा, जिल्ला अध्यक्ष नवराज सिंखडाको सहभागी थिए भने ललितपुरमा महामन्त्री भाष्कर भद्रा, केन्द्रिय सदस्य निरन्जन थापा, जिल्ला अध्यक्ष आनन्द अधिकारी सहभागीता रहेको थियो ।

भक्तपुरमा केन्द्रिय सदस्य यवती कार्की र युवा नेता माधव खत्री लगायतको सहभागीता रहेको थियो ।

थप जानकारी