राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

भारतको काश्मिरमा आक्रमण हुँदा ४२ सुरक्षाकर्मी मारिए

शुक्रवार, ३ फागुन २०७५ ३:४८

काठमाडौं । भारतद्वारा शासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ४२ सुरक्षाकर्मीको मृत्यु भएको हो ।

भनरतीय विशेष प्रहरी अधिकारी मुनिर अहमद  खानका अनुसार  आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ ।

समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

थप जानकारी