राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

बिहिवार, ५ बैशाख २०७६ २१:०१

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजारमा लगातार वृद्धि हुँदा घट्दो अवस्थाको बजारले बढ्दो ट्रेण्ड समाएको हुनसक्ने अनुमान लगानीकर्ताको छ । जसले गर्दा बजारमा लगानीकर्ताको चहलपहल बढेको छ ।

बिहीबार पनि शेयर बजारमा उच्च वृद्धि भएको छ । नेप्से परिसूचक १५ अंकले बढेर १ हजार २ सय ३२ अंक माथि पुगेको छ । सेन्सेटिभ परिसूचक पनि चार अंकले बढेको छ । केही दिनदेखि लगातार परिसूचक बढ्दा बुलिस ट्रेण्ड समाएको हुनसक्ने आकलन लगानीकर्ताले गरेका छन् । त्यसैलेपनि बजारमा लगानीकर्ताले खरिद चाप बढाएको देखिन्छ । बिहीबार १ सय ६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका समुहमध्ये बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स कम्पनी लगायतका समुहमा वृद्धि भएको छ । बीमा क्षेत्रका समुहमा भने गिरावट आएको छ ।

लगानीकर्ताको आकर्षण कुमारी बैंकमा सबैभन्दा बढी देखियो । यो बैंकको शेयर कारोबार ८ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको भएको छ । कुमारी बैंकको दुई आर्थिक वर्षको बोनस सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले खरिद चाप बढाएको देखिन्छ ।

एसबिआई बैंकका शेयरधनीले सबैभन्दा बढी ६ दशमलव ६५ प्रतिशतले कमाएका छन भने माउण्टेन हाइड्रोका शेयरधनीले झण्डै ६ प्रतिशतले कमाएका छन् ।

थप जानकारी