राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

परिवार दल छोडेका पनेरु राप्रपामा प्रवेश

आइतवार, ५ जेठ २०७६ २१:१५

झापा।नेपाल परिवार दलका झापा जिल्ला अध्यक्ष जीवन पनेरु राप्रपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गरेको कुरा पनेरुले शुक्रबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । त्यसको २४ घण्टा नबित्दै उनी राप्रपामा प्रवेश गरेका हुन् ।

शनिबार दिउँसो बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले पनेरुलाई पार्टी सदस्यता प्रदान गर्दै राप्रपामा स्वागत गरेका थिए ।

राप्रपा प्रवेश गरेका पनेरु नेपाल परिवार दलको संस्थापक जिल्ला उपाध्यक्ष हुन् । २०६४ सालबाट नेपाल परिवार दलमा सक्रिय उनी हाल झापा जिल्ला अध्यक्ष र एक नम्बर प्रदेश सदस्यको जिम्मेवारीमा थिए । राप्रपा प्रवेश गर्न पाउँदा हर्ष लागेको उनले बताए ।
मंसीरमा राजधानीमा सम्पन्न एशिया प्यासिफिक सम्मेलनयता पनेरु नेपाल परिवार दलप्रति असन्तुष्ट थिए ।

‘मैले परिवार दल छोड्नुमा केही कारणहरु छन्, शीर्ष नेताहरु नै धार्मिक सहिष्णुता खल्बल्याउने गतिविधिमा लागे’– पनेरुले भने– ‘हामीले त्यो सम्मेलन रोक्नलाई थुप्रै कोशिस ग¥यौँ, बारम्बार सच्याउन मागसमेत ग¥यौँ । तर, केही उपाय चलेन ।’ परिवार दलको २३ सदस्यीय झापा जिल्ला कमिटी नै पलायन हुने पनेरुको दाबी छ ।

सोही कार्यक्रममा अन्य १० जना युवा समेत राप्रपा प्रवेश गरेका थिए । पनेरुसँगै मदन कार्की, यादब बजगाईं, भानु सुवेदी, दीपा बजगाईं, यसोदा रिजाल, प्रशेस रिजाल, पवन थपलिया, सन्दीप बराल, राजेन्द्र बजगाईं र सूर्य सुवेदी राप्रपा प्रवेश गरेका हुन् ।

थप जानकारी