राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

सोमवार, ६ जेठ २०७६ ९:२८

काठमाडाैं । काठमाडाैं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ ।

टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो ।

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउन खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छापिएको छ ।

थप जानकारी