राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

सहिद स्मारक ए डिभिजन लीग मंसिरबाट हुने

शनिवार, १८ जेठ २०७६ १०:०७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लीग मंसिरबाट गर्ने निर्णय गरेको छ।

एन्फाको शुक्रबार भएको केन्द्रिय समितिको बैठकले आगामी १२ मंसिरदेखि ए डिभिजन लिग गर्ने निर्णय गरेको हो।

एन्फाले जिल्ला लीगबाट छनोट हुने ७ टिमबीच प्रेसिडेण्ट कप गर्ने पनि निर्णय गरेको छ। प्रेसिडेन्ट कपको मिति टुंगो लागेको छैन्।

प्रेसिडेन्ट कपमा ७ प्रदेशका ७ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रेसिडेन्ट कपपछि एन्फाले राष्ट्रिय लीग गर्ने निर्णय गरेको महासचिव इन्द्रमान तलधारले जानकारी दिए।

राष्ट्रिय लिगमा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

एन्फाले जुनमा सञ्चालन हुने फिफा कंग्रेसको बैठकमा नेपालको तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामालाई पठाउने निर्णय गरेको छ। एन्फाले जिल्ला लिगसहित विभिन्न प्रतियोगिताका लागि संयोजकहरुपनि तोकेको छ।

थप जानकारी