राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

छ जना बालबालिकाको हत्या गरेको आरोपमा चीनमा मृत्युदण्ड

मङ्गलवार, २४ आषाढ २०७६ २१:१८

शेनयाङ, असार २४ गते । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।

हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए ।

उक्त घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ । (रासस/सिन्ह्वा)

थप जानकारी