राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

बुद्धजयन्तीमा चार वटै सुरक्षा निकाय परिचालन

बुधवार, १२ बैशाख २०७५ २१:२७

२५६२औं बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको सुरक्षालाई ध्यानमा राख्दै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा गरिने भएको छ। जयन्ती र सम्मेलनमा विभिन्न मुलुकबाट उच्च तहका व्यक्ति गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भएकाले उनीहरूका साथै सम्मेलनमा सहभागी सर्वसाधारणको समेत सुरक्षार्थ लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ।

सम्मेलन र जयन्तीका दिन सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न सुरक्षा योजना बनाएर कार्यान्वयन भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना गरी मुलुकका चार वटै सुरक्षा निकाय परिचालन गरिने प्रजिअ मैनालीले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा हजारौं संख्यामा सुरक्षाकर्मी खटिनेछन्।

अन्नपूर्ण पोस्टबाट

थप जानकारी